‘आर्थर’ बने सगरमाथा आरोहण गर्ने सबैभन्दा पाका अमेरिकी

‘आर्थर’ बने सगरमाथा आरोहण गर्ने सबैभन्दा पाका अमेरिकी


आर्थर बेनेट मुइर सगरमाथा आरोहण गर्ने सबैभन्दा पाका अमेरिकी भएका छन्। ७५ वर्षीय आर्थर बिहान ७ बजेर ५० मिनेट बित्दा सगरमाथाको चुचुरोमा पुगेको हिमालयन गाइड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिएका छन्।

उनीसँग पासाङ भोटे र दावा भोटे पनि थिए। हिमालयन गाइडको सगरमाथा आरोहणको टोलीमा अमेरिकाको नेशनल फुटबल लिग (एनएफएल) का पूर्व खेलाडी मार्क प्याटिसन पनि थिए। प्याटिसन सगरमाथाको शिखरमा पुग्ने दोस्रो एनएफएल खेलाडी हुन्। 

पौडेलका अनुसार उनीसँग प्रख्यात गाइड ग्यारेट म्याडिसन पनि थिए। अप्रिल ४ मा आरोहणका लागि नेपाल आएका उनीहरू अहिले आरोहणपछि फर्कने क्रममा क्याम्प ४ पुगेका र भोलि बेलुकासम्म बेस क्याम्प पुग्ने समेत पौडेलले जानकारी गराए। 

‘मार्क प्याटिसन सात वटै आरोहण पूरा गर्ने पहिलो एनएफएल खेलाडी हुन्,’ पौडेलले भने, ‘हिमालयन गाइडका १४ विदेशी र १५ शेर्पा आरोहीहरुले आज बिहान सगरमाथाको आरोहण गरेका थिए।’

‘फादर एण्ड सन क्लाइमेट चेन्ज अभियान सगरमाथा आरोहण २०२१’ अन्तर्गत पूर्णकुमार शेर्पा (पीके शेर्पा) र उनका १६ वर्षीय छोरा सोनम शेर्पाले शेर्पा छेबे भोटेका साथ सगरमाथा आरोहण गरेका थिए। 

सगरमाथा बेस क्याम्पका अनुसार पायनियर एडभेन्चर, हिमालयन गाईड्स, सतोरी एडभेन्चर, सेभेन समिट ट्रेक, ट्याग नेपाल, सेभेन समिट्स क्लब र आईएमजी अभियानका १०० भन्दा बढी आरोहीले आज बिहान सगरमाथा आरोहण गरेका छन्।

Logo