लमजुङकाे घलेगाउँमा पर्यटक आगमन खुला, पर्यटन व्यवसायलाई राहत

लमजुङकाे घलेगाउँमा पर्यटक आगमन खुला, पर्यटन व्यवसायलाई राहत

केन्द्रबिन्दु
0
Shares

कोभिड-१९ का कारण वैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे पर्यटकका लागि खुला गरिएको छ। एक हप्ता अघिदेखि घलेगाउँको होमस्टे खुला गरिएको हो। 

बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए। 

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको बताए। पर्यटक आगमन खुला गरिएसँगै जिल्लाभित्र र जिल्ला बाहिरका पर्यटक पनि आउन थालेका छन्। घरवास खुला गरेसँगै घलेगाउँमा दैनिक २०/२५ जना पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव विकले बताए। 

कोरोनाको त्रासले नआएका पर्यटक यतिबेला आउन थालेपछि घरबासमा चहलपहलसँगै आम्दानी हुँदा घरबास सञ्चालक खुसी भएका छन्। प्रकृतिले सिंगारिदिएको घलेगाउँ आफैंमा सुन्दर छ भने घरबास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो। १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३७ घरमा सञ्चालन गरिएको छ । 

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो। घलेगाउँमा नमुना चिया बगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ। 

हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ। माछापुच्छ्रे अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आनन्दीत बनाउँछ।

पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ। न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ।न्युज कारखानाबाट

Skip This
Logo