विदेशी नागरिकलाई नेपालीसरह हवाइ भाडादर कायम गर्न आवश्यक छः पर्यटनमन्त्री आले

विदेशी नागरिकलाई नेपालीसरह हवाइ भाडादर कायम गर्न आवश्यक छः पर्यटनमन्त्री आले

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताए । 

उनले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेको जानकारी दिए । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताए । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरुलाई टिकट बिक्री गरे अनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिए ।   

त्यस्तै मन्त्री आलेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाई नभएको बताए । विमानस्थलमा आउने विदेशी पर्यटकहरु शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको स्पष्ट पारे । उनले गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटकहरु विमानस्थलमा दुई घण्टा लाइनमा उभिनु पर्ने तथा एटिएमबाट डलर निकाल्ने कामलाई बिगार्ने कामहरु भएको बताए । 

मन्त्री आलेले यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको बताए । उनले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन,अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताए ।

मन्त्री आलेले शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरुलाई ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Skip This
Skip This
Logo