मुस्ताङमा प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता सुरु

मुस्ताङमा प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाको आयोजनामा मुस्ताङको जोमसोममा ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सुरु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उदघाटन गरेको प्रतियोगितामा स्वदेश तथा विदेशका गरि २३ टिमको सहभागिता रहेको छ। 

प्रतियोगिता अन्तर्गत क्लाइम्बिङ, रनिङ र साइक्लिङमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। खेलाडीले प्रतियोगितामा २० दशमलव २ किलोमिटर दूरी पार गर्नु पर्छ। 

पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिने प्रमुख सेनानी उज्जवल केसीले जानकारी दिए। त्यस्तै महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
 

Skip This
Skip This
Logo