लाङटाङ दूत सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार

लाङटाङ दूत सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार


लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ। 

पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ सालको विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै त्यहाँ पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । 

टुर-ट्रेकिङ गाइडिङमा समेत सक्रिय उनी पदयात्रा प्रशिक्षकसमेत हुन् । 'कलम', 'लेखक दुनियाँ' र 'श्रीलंका स्मृति' उनका प्रकाशित कृति हुन् । 

पछिल्लो समय सिलवाल प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्देश्यसहित सुरु गरिएको कखरा माध्यम प्रा.लि. संचालन गर्छन्।

Logo