२४ साउन २०७९ मंगलबार
1
1
1
1

अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

1
1
1
1
1

अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ ।

कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगको चर्को लबिङपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो । 

यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ । प्रशासनले भन्यो कि यो नियम पुनर्मूल्याङ्कन गर्ने भएका छ । तर, नयाँ भेरियन्ट देखिएमा र तत्काल पुरानो नीति अवलम्बन गर्न सकिने पनि केन्द्रले संकेत गरेको छ । अधिकांश गैर–अमेरिकी नागरिकहरूले अझै पनि देशमा यात्रा गर्न खोप लगाउनु पर्छ 

जनवरीदेखि अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ह्वात्तै घटेको थियो । यद्यपि, पछिल्ला दिनमा फेरि संक्रमण देखिन थालेको छ ।  अमेरिका कोभिड परीक्षण नीतिहरूको पुनःमुल्यांकनमा अन्य देशभन्दा पछाडि परेको त्यहाँको पर्यटन क्षेत्रको गुनासो छ ।

पर्यटन

प्रकाशित: २८ जेठ २०७९ १४:०६ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी