पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालनमा आउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालनमा आउने

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताएका छन् । बुधवार समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नागरिक उडड्यन प्राधिकरणको सोमवारको बोर्ड बैठकले अंग्रेजी नयाँ वर्ष जनावरी १ तारिक अथउनको भनाइ थियो ।

 मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटान तत्काल अघि बढाउने निर्णय भइसकेको बताए । उनले पोखराको फोहोर व्यवस्थापन गर्ने स्थान ल्याण्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताए । पर्यटन मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारी दिए ।

पोखराको ब्राण्डको रुपमा परिचित शाहसिक प्याराग्लाइडिङ जोगाउन सकेसम्म उपाय खोजिने उनले बताए । पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन् । विमानस्थलको बाधक रुपमा रहेको पूर्वको रिठ्ठेपानी डाँडा कटानका लागि इआइए स्वीकृत भई हालसम्म ६ सय रुख कटान भइसकेको छ । परीक्षण उडानका लागि डाँडा कम्तीमा १४ मिटर काट्नुपर्छ ।

डाँडा कटान गरेर निस्किएको माटोले ल्याण्डफिल साइट पुर्ने तयारी छ । तर पोखरा महानगरले पटक–पटक ल्याण्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन । विमानस्थलभन्दा करिव २ किलोमिटर नजिकको ल्याण्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले १ वर्ष समय थप गरेर सन् २०२२ जुलाई १० को समयसीमा कायम थियो । विमानस्थलबाट दैनिक ६ अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।

Skip This
Skip This
Logo