मतदाताले अब पार्टी हेर्दैनन् उम्मेदवार हेर्छन्ः रेखा थापा [भिडियो]

मतदाताले अब पार्टी हेर्दैनन् उम्मेदवार हेर्छन्ः रेखा थापा [भिडियो]


मोरङ–३को घरदैलो कार्यक्रममा पुगेकी रेखा थापाले केन्द्रबिन्दुसँग बोल्दै भनिन, मतदाताले अब पार्टी हेर्दैनन् उम्मेदवार हेर्छन् । 

मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन् ।

यस्तै,  बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । 
 

Logo