कतार विश्वकप फुटबलः कुन रेष्टुरेन्टमा हेर्न जाँदा कस्तो छ व्यवस्था ? [भिडियाेसहित]

कतार विश्वकप फुटबलः कुन रेष्टुरेन्टमा हेर्न जाँदा कस्तो छ व्यवस्था ? [भिडियाेसहित]


कतार फिफा विश्वकप २०२२ सुरु हुन केहीदिन मात्रै बाँकी छ ।

हरेक ४ वर्षमा जुन/जुलाई महिनामा विश्वकप आयोजना हुने परम्परा बसेको थियो। तर पहिलो पटक विश्वकप नोभेम्बर/ डिसेम्बरमा हुन लागेको छ, किनभने जुन/ जुलाईमा कतारमा प्रचण्ड गर्मी हुन्छ। जुलाई महिनामा कतारको तापक्रम सामान्यतया ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने गर्छ। जबकी नोभेम्बरमा त्यो २४ देखि २८ डिग्री सम्ममात्र पुग्छ।

कतारमा हुने प्रतियोगिता विश्वकप आयोजनाको २२औँ संस्करण हो। सन् १९३० मा उरुग्वेबाट शुरु भएको विश्वकप हरेक ४/४ वर्षमा हुँदै आएको छ। यस विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।  विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।

संसारभर करिव आधा जनसंख्याले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नेछन् । नेपालमा पनि विश्वकप लाखौंको रोजाइमा पर्छ । अझ घरमा भन्दा रेष्टुरेन्टमा साथीभाइसँग बसेर हेर्न सबैले रुचाउँछन् । घरमा सानो टेलिभिजनमा भन्दा रेष्टुरेण्ट तथा लाउञ्जमा बसेर ठूलो पर्दामा विश्वकप हेर्दा बेग्लै मज्जा आउने भएर त्यहीँ ठाउँलाई बढी रुचाइएको हो । 

यति मात्रै होईन, सार्वजनिक स्थान र चोकमा पनि प्रोजेक्टरमा फुटबल हेर्नेहरुको ठूलो भिड लाग्ने गर्छ । फुटबल प्रेमीलाई लक्षित गरेर उपत्यकाका विभिन्न क्याफे तथा रेष्टुरेन्टमा विश्वकप हेर्नको लागि राम्रो व्यवस्था तथा विभिन्न अफर समेत ल्याउने तयारीमा छन् ।

कुन रेष्टुरेन्टमा गएर हेर्ने विश्वकप ?

लायकु क्याफे, लाउञ्ज एण्ड बार, वसन्तपुर
बसन्तपुर दरबार स्क्यवायर क्षेत्रभित्र रहेको यो बारले आफ्ना ग्राहकलाई प्रोजेक्टरको माध्यमबाट विश्वकप हेर्ने व्यवस्था गरेको छ । लायकु बारमा ३ सयजना सम्मले एकैपटकमा विश्वकप हेर्न सक्ने छन् । यसका साथै बारले विश्वकप हेर्नेहरुका लागि विभिन्न अफर ल्याउने बताएको छ । क्याफेले दर्शको सुरक्षाका लागि पनि स्थानीय प्रशासनसँग छलफल गरिसकेको जानकारी दिएको छ ।

लोकल सेकुवा, पुरानो बानेश्वर
पुरानो बानेश्वरमा रहेको लोकल सेकुवा कर्नरले पनि विश्वकप देखाउने तयारी गरेको बताएको छ । लोकल सेकुवाका म्यानेजर रमेश आचार्यका अनुसार २ सय जनाले एकैपटक विश्वकप हेर्न सक्ने छन् भने विश्वकप अवधिभर आफ्ना ग्राहकहरुलाई १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । 

बाजेको सेकुवा
बाजेको सेकुवाले पनि विश्वकप भर ग्राहकहरुलाई विभिन्न छुट अफरका साथमा विश्वकप हेर्ने व्यवस्था गरेको छ । बाजेको सेकुवाले ३ वटा शाखाहरु अनामनगर, बत्तिसपुतली र सोह्रखुट्टेमा विश्वकप देखाउने तयारी गरिरहेको छ । ३ वटा आउटलेटमा गरेर जम्मा २ सयजनाले एकैपटक विश्वकप हेर्न सक्ने छन् भने विश्वकप अवधिभर आफ्ना ग्राहकहरुलाई विभिन्न स्किम समेत ल्याउने तयारी रहेको बाजेको सेकुवाले जनाएको छ ।

ओसियन डि गार्डेन एण्ड लाउञ्च, मध्यबानेश्वर
मध्यबानेश्वरमा रहेको ओसियन डि गार्डेन एण्ड लाउञ्जले पनि आफ्ना ग्राहकलाई प्रोजेक्टरको माध्यमबाट विश्वकप हेर्ने व्यवस्था गरेको छ । उक्त लाउञ्चमा २ सय देखि २५० जनासम्मले एकैपटमा विश्वकप हेर्न सक्ने छन् । यसका साथै लाउञ्जले विश्वकप हेर्न आउने ग्राहकहरूका लागि ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरेकाे छ । 

ब्रियानी अड्डा
ब्रियानी अड्डाले पनि ३ वटा शाखाहरुबाट विश्वकप देखाउने तयारी गरेको छ । विशेष गरी बालुवाटारमा विभिन्न इभेन्टहरु अर्गनाइज गरेर विश्वकप देखाउने तयारी गरेको हो । बालुवाटारमा मात्र १०० जना अटाउन सकिने व्यवस्था गरेको छ भने बालुवाटार बाहेक अन्य पेप्सिकोला र मध्यबानेश्वर शाखामा समेत लगभग एकपटकमा ५० देखि ८० जनासम्म ग्राहक अटाउन सक्ने व्यवस्था गरेको छ  । ब्रियानी अड्डाले विश्वकप हेर्न जाने ग्राहकहरुका लागि विशेष छुट अफर ल्याउने तयारी समेत गरेको छ । ३ वटै शाखामा अफरहरु लागू हुनेछन् । 

Logo