देशैभर जाडो बढ्दै गइरहेको छ । अहिले चिसोका कारण काठमाडौंवासी मात्रै होइन, तराईदेखि हिमाल र पहाड सबैतिरका वासिन्दाहरुको जीवनयापन कष्टकर बन्दै गएको छ । जाडोको समयमा खानामा लापरबाही गर्नुहुँदैन । यो समयमा विशेष गरेर वृद्धवृद्धा तथा बालबलिकाहरुलाई विशेष खानपानमा ध्यान पुर्याउनुपर्छ । जाडो मौसममा शरीरलाई न्यानो बनाउन धेरै प्रकारका तातो परिकारहरु सेवन गर्नुपर्छ । जाडोमा तातो खानेकुरा खानाले जिउ पनि तातो हुन्छ । यो समयमा जति न्यानो कपडा लगाउन सकिन्छ त्यति नै फाईदाजनक हुन्छ ।
जाडोमा बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानुपर्छ । तर, कहिलेकाँही जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ । जाडो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षा क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारीहरु बजारमा उपलब्ध छन् । जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ ।
१. आलसः
जाडोमा शरीरलाई तातो बनाइराख्न आलसको सेवनलाई प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहान–बेलुकी दूध वा पानीसँग सेवन गर्दा यसले दिमागलाई प्रभावकारी ढंगले काम गर्न मद्दत गर्छ भने शरीरलाई न्यानो बनाइराख्छ । आलसमा ‘ओमेगा थ्री, फ्याट्टी एसिड’ जस्ता पौष्टिक पदार्थ पाइन्छ ।
२. च्याउः
च्याउले मानव शरीरको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने गर्दछ ।
३. लसुनः
जाडो याममा चिसो भगाउन लसुनको सेवनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
४. चिकन सुपः
चिसो हावाबाट बच्न चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौराको एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र चिसो हुनबाट शरीरलाई पनि बचाउँछ ।
५. पालुड्डोः
जाडोमा स्वास्थ्यका लागि आवश्यक पर्ने खाद्य परिकारमध्ये पालुङगो पनि एका हो । पालुङ्गोमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।
६. गाजरः
चिसो मौसममा शरीरलाई स्वस्थ राख्न गाजरलाई पनि नियमित आहारमा समावेश गर्नु उपयुक्त हुन्छ । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।
७. कोकोः
यस्तै काँचो कोको विन्सले पनि रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ ।
८. मरिचः
चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्न मरिचले पनि मद्दत गर्दछ । त्यसैले आफ्नो खानामा उपयुक्त मात्रामा मरिच समावेश गर्नु हितकर छ ।
९. अदुवाः
चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ । त्यसै कारण अदुवा हालेको चिया र अवश्य पिउनुहोस् ।
१०. हर्बल चियाः
चिसो मौसममा हर्बल टी पिउनु स्वास्थ्यको लागि धेरै लाभदायी हुन्छ । चिया पिउने मानिसहरूलाई चिसो मौसममा हत्तपत्त कुनै पनि रोगले छुँदैन भन्ने भनाइ पनि छ ।
११. तिलः
जाडोमा शरीर तातो राख्न सघाउने खाद्य परिकारमा तिल र तिलले बनेका परिकार पनि पर्छन । नेपालीहरुमा माघेसंक्रान्तिका दिन तिलको लड्डु खाने परम्परा रहँदै आएको छ । न्यानो बनाइराख्ने भएकाले जाडो महिनामा तिलको लड्डु खाने संस्कृतिको विकास भएको हो ।
१२. काजु, पिस्ता र बदामः
काजु, पिस्ता र बदाममा तैलीय गुण हुने भएकाले शरीरलाई तातो बनाइराख्न मद्दत गर्छ । सामान्य मौसममा भन्दा जाडोयाम सुरु भएपछि काजु, पिस्ता र बदाम बढी मात्रामा खान उपयुक्त हुने पोषणविद्हरुको सुझाव छ ।
१३. बेसारः
बेसारको सेवनले शरीरलाई तातो बनाइराख्न सहयोग पु-याउँछ । जसले गर्दा जाडोयाममा अन्य अवस्थामा भन्दा बढी बेसार खाँदा शरीरलाई फाइदा हुने बताइएको छ । बेसार आफैमा प्रभावकारी रोगप्रतिरोध क्षमता प्रवद्र्धक पदार्थ हो ।
१४. झोलिला खानेकुराः
जाडोमा तापक्रम सन्तुलनमा राख्न र आन्तरिक मेटाबोलिजम बढाउन पनि तातो झोलिला खानेकुरा सेवन गर्नु फाइदाजनक रहन्छ ।
१५.जौ, गहुँ र फापरः
जाडो समयमा खाने सबैभन्दा राम्रो अन्न जौ हो । जौ नभए गहुँबाट बनेका परिकार खानुपर्छ । सम्भव भए फापरका परिकार पनि खान सकिन्छ । थायराइड लगायतका रोग हुनेहरुले भने गहुँ खानु हुँदैन । उनीहरूका लागि फापर नै उपयुक्त हुन्छ ।
१५. दुध तथा अण्डाः
अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउँछ ।
१६. सागपातः
जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । सागमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ । ज्वानो–मेथी लगायत सुप प्रयोग गरिएका झोलयुक्त पदार्थ जाडो मौसममा खानु उत्तम हुन्छ ।
१८. घिउबाट बनेका परिकारहरुः
जाडो याममा सेवन गर्न सकिने खानेकुरामध्ये घिउ पनि एक हो । विशेष गरी घिउबाट बनाइएका परिकारहरु जस्तै हलुवा, घिउबाट बनाइएका लड्डू आदि । घिउलाई बिहान दूधसँग सेवन गर्दा शरीरलाई तुरुन्तै गर्मी र ऊर्जा दिन्छ ।
१९. भिजाइएको बदामः
भिजाइएको बदाम बिहान खाली पेटमा सेवन गर्दा शरीर न्यानो हुन्छ । भिजेको बदाममा भिटामिन ई, म्याङ्गनीज, फाइबर, प्रोटिन, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड जस्ता पोषक तत्वहरू पाइने भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, ध्यान दिनुपर्ने कुरा भनेको खाली पेटमा बदामको बोक्रा निकालेर सेवन गर्नुपर्छ ।
२०. मेवाः
जाडो मौसममा मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ‘सी’ र अन्य पोषक तत्वहरू प्रशस्त हुने भएकाले यसले शरीरलाई एन्टिअक्सिडेन्टहरू प्रदान गर्न मद्दत गर्छ । बिहान खाली पेटमा खाजाका रुपमा मेवा समावेश गर्नाले आन्द्रा स्वस्थ रहन्छ । यति मात्र होइन मेवामा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ, जसले मुटुसँग सम्बन्धित रोगबाट पनि बचाउन मद्दत पुग्ने पोषणविद्हरुको भनाइ छ ।
त्यस्तै, जाडोमा खान नहुने र गर्न नहुने कामहरु पनि छन् । चिसो खाना, ड्रिङक्स, आइसक्रिम, स्वीट्स र फ्राइड फुड्स खान हुँदैन । पनिर, क्रिम एवं दही पनि जाडोमा सकभर कम खानुपर्छ । स्वीट र चिसो फ्रुट जुस कम पिउने, पेस्ट्रिज र केक नखानु उपयुक्त हुन्छ । यस्तै जाडोमा शरीरलाई स्वस्थ राख्न दिउँसो नसुत्ने, धेरै तातो पानीले ननुहाउने, चिसोमा ऊनीका कपडा अथवा न्यानो हुने कपडा नलगाई बाहिर नजाने, चिसो हावा, पंखा वा एसीको सम्पर्कमा सकभर कम आउने गर्नुपर्छ ।





























प्रतिक्रिया