सामाजिक सञ्जाल अहिलेको समय आफ्नो विचार र भाव पोख्ने सबैभन्दा ठूलो माध्यम बनेको छ । मानिसहरु प्रविधिको यो जमानामा आफ्ना कुराहरु सामाजिक सञ्जालमा पोष्ट गर्न रुचाउँछन् । घर परिवारको अवस्था जस्तो भएपनि, सामाजिक सञ्जालमा कुनै पोष्ट सेयर गर्दा आफू सुखी र खुसी भएकै देखाउन चाहन्छन् । आफ्ना फ्यान तथा शुभचिन्तकहरुलाई आफ्नो अवस्था र आफ्नो विचार आदान प्रदान गर्न मानिसहरु सामाजिक सञ्जालको प्रयोग गर्छन् ।
तपाई हामीले कुनै कुरा सामाजिक सञ्जालमा पोष्ट गर्दा हाम्रा केही आफ्न्त र शुभचिन्तकहरुमा मात्रै पुगेको हुन्छ । हामी त्यतिमै खुसी हुन्छौं । हामीले ती कम्पनीका सञ्जाललाई चलाइदिएर उनीहरु र आफूलाई फाइदा पुर्याइरहेका छौं । तर तपाईलाई थाहा छ ? हामीले चिने–जानेका सेलिब्रेटीले सामाजिक सञ्जालमा कुनै ब्रान्डलाई स्पोन्सर गर्दा ती ब्रान्डसँग मोटो रकम लिन्छन् भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो हो । संसारमा केही न केही कार्य गरी सामाजिक सञ्जालमा प्रसिद्धी कमाएका मानिसहरुले सामाजिक सञ्जालमा कुनै ब्रान्डको स्पोन्सर गरेवापत ब्रान्डसँग मोटो रकम असुलिरहेका हुन्छन् । यस्तो अवस्थामा फुटबल खेलेर राम्रो नाम र दाम कमाएका प्रसिद्ध व्यक्तिहरुले पनि सामाजिक सञ्जालमा पेड पोष्ट गरे वापत धेरै पैसा लिने गर्छन । मोटो रकम लिनेमा सबैभन्दा अघि छन्, पोर्चुगलका प्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डो ।
इन्स्टाग्रामको प्लानिङ तथा डाटा राख्ने कम्पनी होपर्सका अनुसार इन्स्टाग्राम मार्फत् सन् २०२२ को लिस्टमा शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले लामो समयदेखि आफ्ना प्रतिद्वन्द्वी लियोनेल मेसीलाई पछि पारिरहेका छन् । मेसी सर्वाधिक पैसा कमाउने खेलाडीको सूचिमा तेस्रो नम्बरमा आउँछन् । दोस्रो नम्बरमा अमेरिकी सेलिब्रेटी तथा मिडिया पर्सनालिटी काइली जेनर रहेकी छिन् । रोनाल्डोले इन्स्टाग्राममा एक पेड पोष्ट सेयर गरेवापत २.३ मिलियन पाउन्ड लिने गर्छन । पोर्चुगिज स्टार रोनाल्डो केहीसमय अघिमात्रै साउदी क्लब अल नासरमा १७५ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए । रोनाल्डोले नाइकी, क्लियर स्याम्पू, लुइस भुइटन, बिटक्वाइनलगायत ब्रान्डका विज्ञापन इन्स्टाग्राममा सेयर गर्ने गरेका छन् ।
यस्तै, सर्वाधिक इन्स्टाग्राममा कमाउने फुटबलरको दोस्रो नम्बरमा लियोनल मेसी रहेका छन् । मेसीले प्रति पेड पोष्ट बापत डेढ मिलियन पाउन्ड लिने गर्छन् । इन्स्टामा ४१५ मिलियन फलोअर्स रहेका मेसी पछिल्लो समय ब्रान्डहरूका नजरमा सर्वाधिक खोजिने स्टारका रुपमा रहेका छन् । मेसीले विश्वकप जितेपछि धेरै ब्रान्डहरूले उनलाई खोजी गरेका हुन् । मेसीले पछिल्लो समय इन्स्टाग्राममा एकपछि अर्को नयाँ ब्रान्डको पेड पार्टनरसिपहरू इन्स्टाग्राममा राख्ने गरेका छन् ।
यस्तै, तेस्रो नम्बरमा छन् ब्राजिलका सुपरस्टार नेयमार जुनियरले प्रति पेड पोष्ट वापत ९ लाख ४५ हजार पाउन्ड लिने गरेका छन् । पीएसजीका लागि खेल्ने नेयमारको इन्स्टाग्राममा फलोअर १७४ मिलियन रहेका छन् । रोनाल्डो, मेसी र नेयमारझैँ पेड पार्टनरसिपमार्फत कमाई गर्ने १० खेलाडीको सूची यस्तो छ—
१.क्रिस्टियानो रोनाल्डोः २ मिलियन पाउन्ड
२.लियोनल मेसीः १.५ मिलियन पाउन्ड
३.नेयमारः ७ लाख ८४ हजार पाउन्ड
४.डेभिड बेकह्यामः ३ लाख ३० हजार पाउन्ड
५.रोनाल्डिन्होः २ लाख ९९ हजार पाउन्ड
६.ज्लाटन इब्राहिमोभिकः २ लाख ४१ हजार पाउन्ड
७.मोहम्मद सलाहः २ लाख २८ हजार पाउन्ड
८.ग्यारेथ बेलः २ लाख १२ हजार पाउन्ड
९.लुइस सुआरेजः १ लाख ९६ हजार पाउन्ड
१०.टोनी क्रुसः १ लाख ५२ हजार पाउन्ड





























प्रतिक्रिया