सभामुख-उपसभामुख दुबै झापा अर्जुनधाराकै ! [भिडियाेसहित]

सभामुख-उपसभामुख दुबै झापा अर्जुनधाराकै ! [भिडियाेसहित]


प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुबैजना एउटै पालिकाका वासिन्दा हुनुलाई एउटा गज्जबको संयोग मान्नु पर्छ । नवनिर्वाचित सभामुख देवराज घिमिरे नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरी सभामुख बनेका हुन् । उपसभामुखमा निर्वाचित इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधित्व गरेकी हुन् । घिमिरे झापा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने इन्दिरा समानुपातिकबाट निर्वाचित सांसद हुन् । 

को हुन् देवराज घिमिरे?
नवनिर्वाचि सभामुख घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका घिमिरे विसं २०४९ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थिए ।घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरिसकेका छन् । पछिल्लो समय उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज रहेका थिए ।

को हुन इन्दिरा राना ?
यसैगरी, उपसभामुखमा निर्वाचित इन्दिरा राना झापा अर्जुनधाराकी वासिन्दा हुन् । ५२ वर्षीयारानालाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको हो । उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी छिन । उनी बीबीसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा समेत परिसकेकी छिन ।उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन् । बा–आमा जेलमा परेकाहरूका छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा उनले सहयोग गर्दै आइरहेकी थिइन् ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुख दुबैजना अर्जुनधारा नगरपालिकाका वासिन्दा रहेकोमा नगरवासीहरुमा उत्साह छाएको छ । आफ्नो क्षेत्रका जनप्रतिनिधि सिंगो प्रतिनिधिसभाको अभिभावक बन्न थालेकोमा उनीहरु खुशी भएका छन् । आफ्नो क्षेत्रको सांसद ठूलो पदमा पुग्नु पक्कै पनि सुखद कुरा हो । उनीहरुबाट आफ्नो ठाउँको नाम र विकास निर्माणमा पनि सहयोग पुग्ने जिल्लावासीको चाहना र विश्वास छ । झापा अर्जुनधारा नगरपालिका यसमानेमा निकै भाग्यमानी ठाउँ सावित भएको छ कि- अर्जुनधाराले संसदको अभिभावक बन्ने अवसर प्राप्त गरेको छ । 

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येमा झापाको खुदुनाबारीस्थितशहीद भूमि, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिनिएको अर्जुनधारा यसै नगरपालिकामा पर्छन् । यो नगरपालिका झापा जिल्लाको मध्य-उत्तरमा रहेको छ । सदरमुकाम भद्रपुरदेखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउँपालिका र मेची नगरपालिका छन् भने पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् । यसैगरी दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ भने उत्तरमा इलामको रोङ्ग गाउँपालिका रहेको छ । यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ । झापा आन्दोलनको उद्गमस्थल सुखानी, सुखानी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० वर्ष भन्दा पुरानो शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ ।

Logo