एक्कासी किन बढ्दैछ जाडाे ? [भिडियाेसहित]

एक्कासी किन बढ्दैछ जाडाे ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

सोमबार साँझबाट देशका विभिन्न ठाउँमा पानी पर्नसक्ने मौसमविद्को अनुमान छ । 

सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मंगलबारदेखि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसत १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्र पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्म २७ दशमलव एक मिलिमिटर पानी परेको थियो । नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको छ । यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायुविद्को भनाइ छ । 

हिउँदमा पानी कम पर्दा सुख्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै बहुआयामिक असर पर्नेछ । हिउँदमा पानी कम पर्दा पानीका मुहान सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायत समस्या आउनसक्ने जलवायु क्षेत्रका जानकारहरूले बताएका छन् ।

Logo