रामचन्द्र संघई एक व्यवसायी हुन्। संघईले यही चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । संघाई नेपालमा स्थापित भईसकेको व्यवसायिक घराना त्रिवेणी ग्रुपको सदस्य हुन् । त्रिवेणी ग्रुप उनका पिताको नेतृत्वमा सञ्चालित छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार, एफएनसीसीआई त्रिवेणी ग्रुपले पाँच दर्जन उत्पादनमूलक उद्योगतर्फ लगानी गरेको छ ।
यसबाहेक त्रिवेणी ग्रुपले बिमा कम्पनी र बैंक तथा वित्तिय संस्थामा पनि लगानी गरेको छ । यतिमात्र होइन् अन्तर्राष्ट्रिय ब्राण्डका प्रोडक्टको पनि त्रिवेणी बिक्रेता हो । त्रिवेणी ग्रुपलाई सफलता दिलाउन रामचन्द्र संघाईले धेरै संघर्ष गरेका छन् ।
रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षका उम्मेदवार, एफएनसीसीआईमा
संघाई लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध छन् । उनले रोजगारदाता परिषद्को अध्यक्ष भएर काम गरी सकेका छन् । यस्तै, निर्यात प्रवर्द्धन समितिको उप-सभापति भए । हाल उनी महासंघको एसोसिएटतर्फबाट उपाध्यक्ष छन् ।
उनले एफएनसीसीआईमा आवद्ध भएदेखिनै व्यवसायीको हकहितमा काम गरी आफ्नो लोकप्रियता बनाइसकेका छन् । उनले विगतमा गरेको कामका कारण व्यवसायीले नै उम्मेदवार बन्ने भनेको भएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको दावी गर्छन् । उनले यवसायीको समस्या समाधान गरेका कारण भोटरले रुचाईएको उम्मेदवार हुन् ।
साना तथा ठूला व्यवसायीको समस्या बुझ्न सक्ने क्षमता भएका संघाईले विगतमा गरेको कामले पुष्टि गर्छनकी उनी व्यपारीको हकहितमा काम गर्न सक्ने सक्षम व्यवसायी हुन् ।
सिमेन्ट, ग्यास, जडीबुटी प्रशोधन उद्योग, चिया उद्योग, तेल उद्योग, साबुन उद्योग, फर्निचर उद्योग सञ्चालनमा छन्। साथै, उर्जा, शैक्षिक, कृषि क्षेत्र, सिनेमा हल, मार्ट र अटोमोबाइल्समा लेरियल, प्रान, पानासोनिक, गार्नियर जस्ता उद्योग व्यवसायमा आवद्ध छ ।































प्रतिक्रिया