१० टोली सम्मेलित एकदिवसीय बिश्वकप छनौटमा नेपालकाे सम्भावना कति ?[भिडियाेसहित]

१० टोली सम्मेलित एकदिवसीय बिश्वकप छनौटमा नेपालकाे सम्भावना कति ?[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

आगामी जुन महिनामा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि १० वटै टोलीको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको पनि टुंगो लागेको हो । 

क्वालिफायर प्लेअफबाट अमेरिका र यूएई विश्वकप छनोटमा स्थान पक्का गरेसँगै टेस्ट राष्ट्र श्रीलंका, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बाब्वेसहित एसोसिएट्स राष्ट्र नेपाल, स्कट्ल्यान्ड र ओमानको टुंगो लागेको हो । 

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्याण्ड र नेदरल्यान्ड्स सुपर लिगको पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । यी ५ टोलीले सोझै विश्वकप खेल्ने अवसर गुमाएका छन् । आइसीसीको नियम अनुसार सुपर लिगको पुछारमा रहेका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई टोली गरी कुल १० टोलीले विश्वकप छनोट खेल्नेछन् ।

सुपर लिगमा नेदरल्यान्ड्ससँगै १२ टेस्ट टोलीले प्रतिस्पर्धा गरेका थिए । जहाँ आयोजक भारतसहित शीर्ष ८ टोलीले विश्वकपका लागि स्थान बनाएका हुन्। दक्षिण अफ्रिका सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा सिधै प्रवेश पाउने अन्तिम टोली बनेको छ ।

सुपर लिगमा सबै खेल खेलिसकेको दक्षिण अफ्रिका ९८ अंकसहित आठौं स्थानमा छ । आयरल्याण्डले बंगलादेशसँग २ खेल खेल्न बाँकी रहँदा हाल उसँग ७३ अंक छ । आयरल्याण्डले विश्वकप सम्भावना जिवित नै राख्न आफ्ना तीनवटै सबै खेल जित्नैपर्ने दवाबमा थियो ।

तर गएरातीको खेल बर्षाका कारण रद्द भएपछि दक्षिण अफ्रिका सिधै विश्वकपमा र आयरल्याण्ड विश्वकप छनौटमा पुगेको हो । १० टिम सम्मिलित ग्लोवल क्वालिफायरको शीर्ष दुई टिमले आउने आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने पाउने छ । नेपालले एकदिवसीय विश्वकपका लागि तेस्रोपटक विश्वव्यापी छनोट खेल्न लागेको हो । 

एशोसिएटस राष्ट्रहरुले टेष्ट टिमसँग खेल्ने अवसर विरलै पाउँछन् । किनभने आईसीसीले प्रतियोगिताको वर्गीकरण नै त्यसरी गरेको हुन्छ । नेपालले अघिल्लो संस्करणको एकदिवसीय विश्वकपअघि ग्लोवल क्वालिफायरमा टेष्ट मान्यताप्राप्त टिम जिम्बावेसँग खेलेको थियो । जहाँ नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो। त्यतिबेलाको तुलनामा अहिले नेपाली टोलीको खेल स्तर र मनोबल उच्च रहेको छ ।

नेपालले चार वर्षपछि जिम्बावेमा पुनः टेष्ट राष्ट्रविरुद्ध आफ्नो क्षमता देखाउने अवसर पाए पनि नेपालका अघि यसपटक जिम्बावेमात्र होइन विश्वकप जितिसकेका अन्य टोलीहरुको पनि उतिकै चुनौती रहने छ । 

जिम्बावे यात्रामा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र र आफूभन्दा माथिल्लो स्तरका टिमविरुद्ध मैदानमा उत्रिनुपर्ने भएकोले शीर्ष दुईमा रहेर विश्वकप खेल्नु नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ। तर, ठूला टिमसँग खेल्नु युवा खेलाडीको लागि अनुभव र क्षमता प्रदर्शन गर्ने मौका भएकाले नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ। 

विश्वकप छनोटमा यदि नेपाल आफ्नो समूहको शीर्ष २ मा रहन सके ठूला भनिएका अन्य टेष्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाउनेछ । १० टोली सहभागी प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइन्छ ।  राउन्ड रोबिनकाको समाप्तीपछि ४ टोली सेमिफाइनलहुँदै फाइनलका लागि खेल्नेछन् ।  
नेपालले विश्वकप छनौटअघि बलिङमा सुधार गर्नुपर्ने छ ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले ब्याटिङमा ल्याएको आमुल परिवर्तनसँगै बलिङमा पनि सुधार ल्याउन सफल भएमा नेपालका लागि जिम्बावे यात्रा सुखद हुने देखिन्छ । 

यसैगरी नेपालले जिम्बावे यात्राअघि आफूभन्दा सशक्त टोलीविरुद्ध मैत्रीपूर्ण खेलहरु धेरैभन्दा धेरै खेल्नुपर्ने आवश्यकता छ । यसका लागि नेपाल क्रिकेट संघ(क्यान)ले पहल गर्नुपर्ने देखिन्छ ।

Skip This
Skip This
Logo