के रवि लामिछानेले भनेको भ्रष्टाचारको फाइल यही हो ? [भिडियाेसहित]

के रवि लामिछानेले भनेको भ्रष्टाचारको फाइल यही हो ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि ‘हाइप्रोफाइल’ व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । यसले राजनीतिसँगै प्रशासनिक क्षेत्र समेत तरंगित बनेको छ । लामो समयदेखि गोप्य राखिएको राजनीतिक पहुँच भएकाहरु संलग्न रहेको यो प्रकरणले नेपालमा कसरी भ्रष्टाचार संस्थागत भइरहेको छ भन्ने प्रमाणित गर्छ ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भनेका थिए,“सरकारमा आउनुस्, भ्रष्टाचारको कुनचाहिँ फाइल हो म खोल्न तयार छु ।” रबि र प्रचण्डको भेटवार्ता हुनु,प्रचण्डले यस्तो अभिव्यक्ति दिनु र लामो समयदेखि पेन्डिङ बसेको नक्कली शरणार्थीसम्बन्धी फाइल तत्काल खोल्नुले एउटा प्रश्न उब्जाएको छ, के रबिले भनेको भ्रष्टाचारको फाइल यही हो त ? एक रिपोर्ट-

यसअघि नेता र ठूला कर्मचारीलाई पक्राउ गर्न हात कमाउने नेपाल प्रहरीले यसपटक भने स्वतन्त्र ढंगले काम गर्न पाएको अनुभूति गरेको देखिन्छ । 

नक्कली शरणार्थी प्रकरणमा हाइप्रोफालहरु धमाधम पक्राउ पर्नु, नेताहरुको भागाभाग हुनुले राज्यको उपल्लो तहमा बसेर हुँदै आएको नीतिगत भ्रष्टाचारलाई छर्लङ्ग पारेको छ । यतिबेला सामाजिक सञ्जाल तथा आम सञ्चारजगत पनि यही घटनाक्रमलाई पछ्याइरहेको छ । यसअघि नेता र ठूला कर्मचारीलाई पक्राउ गर्न हात कमाउने नेपाल प्रहरीले यसपटक भने स्वतन्त्र ढंगले काम गर्न पाएको अनुभूति गरेको देखिन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व लिँदा भनेका थिए, ‘मेरा प्रमुख तीन प्राथमिकता छन् । पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि । त्यसो त उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शपथ लिएपछि मातहतका निकायलाई निर्देशन दिने क्रममा भनेका थिए, ‘म कसैलाई अनुचित लाभ हुने काम गर्न निर्देशन दिन्न, सबैलाई स्वतन्त्र भएर काम गर्न दिन्छु । सुशासन र भ्रष्टाचारको सवालमा निर्मम भएर लाग्छु । म घुस खादिनँ र अरुलाई पनि खान दिन्न ।’ 

लामो समयदेखि गोप्य राखिएको राजनीतिक पहुँच भएकाहरु संलग्न रहेको यो प्रकरणले नेपालमा कसरी भ्रष्टाचार संस्थागत भइरहेको छ भन्ने प्रमाणित गर्छ ।

हाइप्रोफाइल पक्राउ परेको घटनाले एकातर्फ प्रचण्डले सुशासनका सवालमा काम गर्ने छनक देखिएपनि अर्कोतर्फ भने विगतमा जस्तै चोख्याउने तथा ‘क्लिन चीट’ दिने प्रयास त हुने होइन भन्ने प्रश्न पनि कायमै छ । विगतमा साढे ३३ किलो सुन काण्ड, वाइडबडी काण्ड, एनसेल, ललितानिवास, यती, ओम्नी, निगमको जग्गा खरिद प्रकरण, ७० करोड जस्ता अनेकन काण्ड यो बेला चर्चामा सम्म पर्न छाडेका छन् । कतै नक्कली शरणार्थी काण्ड पनि सामसुम पारिने त हैन भन्ने आशंका पनि उत्तिकै छ । 

ठूला दलका शीर्ष नेताका पत्नीहरुसहित ‘किचनका’ मान्छेहरू पक्राउ पर्न थालेपछि पछिल्लो समय सिंहदबार र बालुवाटारमा राजनीतिका नाममा बाक्लै भेटघाट भइरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण दम्पती, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा लगायतको संलग्नतामा नक्कली शरणार्थी धन्धालाई वैधानिकता दिएर करोडौं अर्बौं रुपैयाँ उठाएका प्रमाणहरू सार्वजनिक भइरहेका छन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएका केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ । अहिलेसम्म घटनामा संलग्न भएका भनिएका कांग्रेस नेता खाण समातिए पनि एमाले नेताहरू पक्राउमा परेका छैनन् । 

अझै यो फाइलमा कति जना हाइप्रोफाइल तानिने हुन् टुंगो छैन । शरणार्थी प्रकरणमा दिनप्रतिदिन नयाँ ट्वीस्टहरु थपिने क्रम जारी छ ।

उता एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अझै फरार छन् । उनले आफू बिरामी भएको भन्दै पार्टीलाई पत्र पठाएपनि सम्पर्कमा भने छैनन् । अझै यो फाइलमा कति जना हाइप्रोफाइल तानिने हुन् टुंगो छैन । शरणार्थी प्रकरणमा दिनप्रतिदिन नयाँ ट्वीस्टहरु थपिने क्रम जारी छ । अहिले प्रचण्डको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो । अब सरकारले यो फाइललाई पुरै खोलेर दोषीलाई कठघरामा उभ्याएपछि प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धता पुरा गरेको र देशमा सुशासन आएको सावित हुनेछ । यो प्रकरण पनि विगतमा जस्तै सामसुम पारिएला वा पर्दाफास भई सरकारले वाहवाही पाउला । त्यो भने समयले बताउला ।  

Logo