२०५९ साल । पशुपति आर्यघाट । सुनसरीको इनरुवाबाट उपचार गर्न ल्याइएका ८० वर्षीय भवनाथ भट्टराईलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले जन्डिस भएको डाइग्नोसिस गर्यो । अस्पतालमा एक महिनासम्म उपचार भयो तर बीसको उन्नाइस पनि भएन । अस्पतालले अब उपचार सम्भव नभएको भन्दै डिस्चार्ज गरिदियो ।
भवनाथको परिवारले ‘सहज मरण’ का लागि भन्दै ब्रह्मनालमा ल्याए । संयोग नै मान्नु पर्छ त्यो दिन सुवर्ण वैद्यब्रह्मनालतर्फ नै नजर लगाएर बसेका थिए । ब्रह्मनालमा राखेको मान्छे जीवित जस्तै देखेपछि तल ओर्लिए । तत्कालै सेवा केन्द्रमा राखेर आयुर्वेद औषधी सुरु गरे । भोलीपल्ट अचानक भवनाथको भाग्य फेरियो । उनको स्वास्थ्यमा सुधार आयो । पुरै सन्चो भएपछि भवनाथले सुनसरी घर फर्किने वेला भनेका थिए, “वैद्यज्यू, तपाईंको एउटा फोटो दिनुस् । भगवानसँगै तपाईंको पनि फोटो राखेर पूजा गर्छु ।” उनी यो क्षण अझै भुल्न नसकेको बताउँछन् ।
यो उदाहरण पशुपति आर्यघाटको ‘ब्रह्मनाल’ नजिकै रहेको ‘पशुपतिनाथ आर्यघाट सेवा केन्द्र’ मा उपचार गरेर फर्किएका एक बिरामीको हो । पशुपति आर्यघाटमा रहेको ब्रम्हनाल नजिकै सेवा केन्द्र छ । सेवा केन्द्रबाट आफन्त गुमाएकाहरूको पीडा, छटपटी र रुवाई छर्लङ्गै देख्न र सुन्न सकिन्छ । चिकित्सकीय उपचार सुरु हुनु अघिबाटै थालिएको आयुर्वेदिक उपचार पद्यति अझै जारी छ ।
दाहसंस्कार गर्नुपूर्व मृतकमा सास रहे नरहेको परीक्षणका लागि आर्यघाटमा पनि वैद्यहरुको उपस्थिति हुने गर्थ्र्यो । उनीहरुले मृत्यु डिक्लियर गरेपछिमात्र दाहसंस्कारको प्रक्रिया सुरु हुन्थ्यो ।जुन अहिले पनि सीमित परिवारमा कायमै छ ।
दाहसंस्कार गर्नुपूर्व मृतकमा सास रहे नरहेको परीक्षणका लागि आर्यघाटमा पनि वैद्यहरुको उपस्थिति हुने गर्थ्र्यो । उनीहरुले मृत्यु डिक्लियर गरेपछिमात्र दाहसंस्कारको प्रक्रिया सुरु हुन्थ्यो ।जुन अहिले पनि सीमित परिवारमा कायमै छ ।
२४ सै घण्टा व्यस्त रहने आर्यघाटमा शव अन्त्येष्टि गर्न मात्र लैजान्छन् भन्नेबुझाई जो कोहीमा होला । तर आर्यघाटको आडैमा रहेको सेवा केन्द्रमा उपचार पनि हुन्छ भन्ने थोरैलाई मात्र थाहा हुन सक्छ । सेवा केन्द्र यस्तो ठाउँ हो जहाँ आश मारेर सहज मरणका लागि ब्रह्मनाल पुर्याएका व्यक्तिलाई समेत घर फर्काएको उदाहरण छ ।
पृथ्वीनारायण शाहको पालादेखि नैसञ्चालनमा रहेको दाबी गरिएको यो सेवा केन्द्रलाई आफन्तहरूको आशाको अन्तिम केन्द्र भनेर पनि चिनिन्छ ।
१९४७ सालमा वीर अस्पताल स्थापना भयो । त्यसपछि स्वास्थ्य क्षेत्रको विकास हुँदै गयो । तर त्यो भन्दा पहिला भने वैद्यकै उपचारमा भर पर्थे मानिसहरु । श्रीलंकामा तत्कालिन समयराजाहरुबिरामी हुँदा उपचारका लागि पशुपतिबाट वैद्यहरु लगिन्थ्यो भन्ने पनि इतिहास छ । यति मात्र होइनपृथ्वीनारायण शाह विरामी हुँदा पनि वैद्यले नै उपचार गरेका थिए ।
पृथ्वीनारायण शाहको पालादेखि नैसञ्चालनमा रहेको दाबी गरिएको यो सेवा केन्द्रलाई आफन्तहरूको आशाको अन्तिम केन्द्र भनेर पनि चिनिन्छ ।
पुर्खौली पेशालाई संस्थागत रुपमा स्थापना
पुर्खौली पेशालाई सुवर्ण वैद्यले २०५२ सालबाट पशुपति आर्यघाट सेवा केन्द्र नाम दिई संस्थागत रुपमा स्थापना गरेका हुन् । एक वेडबाट सुरु गरेको यस सेवा केन्द्र सम्पूर्णको सहयोगले आज ३५ बेडको भएको छ ।
३३ प्रतिशत बिरामी उपचारपछि घर फर्किए
पशुपति आर्यघाट सेवा केन्द्र स्थापना भएको ३ दशक पुग्न लागेको छ । यो अवधिमा ३० हजारभन्दा बढीले सेवा लिएका छन् । अस्पतालमा लाखौँ रुपैयाँ खर्च गर्दा पनि निको हुन नसकेका बिरामी थोरै आशा गरेर सेवा केन्द्र पुग्छन् । यहाँ आउने बिमारी कोही निको भएर घर फर्किन्छन् भने कोहीको निधन हुन्छ । सेवा केन्द्रमा आउने ३३ प्रतिशत बिरामी उपचारपछि घर फर्केको तथ्याङ्क वैद्यहरुसँग छ । आर्यघाटको सेवा केन्द्रमा ल्याएको बिरामीले रोगअनुसारको आयुर्वेदिक उपचारपाउछन्।यहाँ आयुर्वेदिक पद्धतिबाट उपचार हुन्छ । उनले क्यान्सर, मृर्गौला, लिभर, सुगर र हेपोटाइटिस् रोगको उपचार गँदै आएको छन् । सुवर्णले बिरामीको नाडी छामेर रोग पत्ता लगाउँछन् र उपचार गर्छन् ।
अस्पतालमा लाखौँ रुपैयाँ खर्च गर्दा पनि निको हुन नसकेका बिरामी थोरै आशा गरेर सेवा केन्द्र पुग्छन् । यहाँ आउने बिमारी कोही निको भएर घर फर्किन्छन् भने कोहीको निधन हुन्छ ।
यो भवन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले पुननिर्माण गरिदिएका हुन् । सेवा केन्द्रमा आएका बिरामीलाई सम्हाल्ने, कर्मचारीलाई नियमित तलब खुवाउने, सरसफाई गर्ने लगायत काम सहज भने छैन । पशुपति आर्यघाटमा तीन दशकदेखि निरन्तर सेवा दिइरहे पनि पशुपति क्षेत्र विकास कोषले नहेरेको गुनासो सुवर्णको छ ।
पशुपति क्षेत्र विकास कोषमातहत रहेको ‘पशुपतिनाथ आर्यघाट सेवा केन्द्र’ मनकारीहरुको अनुदानबाट सञ्चालन हुँदै आएको छ । उपचार गरेवापत प्राप्त हुने रकम सेवा केन्द्रले आफु सञ्चालनका लागि प्रयोग गर्दै आएको छ । सेवा केन्द्र सञ्चालनका लागि माग भए पछि नहट्ने कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडा बताउँछन् ।
धेरै अघिदेखि पुस्तान्तरण हुँदै सूवर्णसम्म आइपुगेको वैद्य पेसा मासिने हो कि भन्ने चिन्ता सूवर्णलाई छ । पृथ्वीनारायण शाहको उपचारमा खटिएका वैद्यहरुकै सन्तान रहेको दाबी गर्ने उनी पशुपति आर्यघाटमा दिइएको यो सेवालाई व्यवस्थित बनाउन सके ब्रम्हनालमा बस्नु अघि केहीमा सास भर्न सकिने दाबी गर्छन् ।





























प्रतिक्रिया