वाग्मती सरकारद्वारा बीस वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक [भिडियाेसहित]

वाग्मती सरकारद्वारा बीस वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक [भिडियाेसहित]


वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाएको छ। आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न आग्रह गरेको छ। 

वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधनलाई थोत्रो गर्नका लागि आउन निर्देशन दिएको छ।

आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न बोलाएको हो।

पुराना सवारी साधनले वातावरणमा मात्रै नभएर मानिसको प्रतिकुल जिवनमा समेत असर पार्ने भएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो।  

मन्त्रालयले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ को उपदफा ४ ले यस्तो व्यवस्था गरेको बताएको छ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव शंकरराज पाठकले जारी गरेको सूचनामा २० वर्ष पूराना गाडिहरुको हकमा थोत्रो कायम गर्ने भन्ने संघीय सरकारको र प्रदेश सरकारको पनि कानुनमा भएको हुनाले सरोकारवालाहरुलाई सूचना जारी गरिएको बताएका छन्। 

यसका लागि सवारी धनीले यातायात कार्यालयहरुमा गएर राजस्व बुझाएर गाडी थोत्रो गर्नुपर्नेछ। त्यसपछि भने ती गाडी चल्न पाउने छैनन्। सार्वजनिक सवारीबाहेक निजी र अन्य सवारीको हकमा भने यो लागु हुने छैन। 

Logo