रविविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश, अब के होला? [भिडियाेसहित]

रविविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश, अब के होला? [भिडियाेसहित]


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा दर्ता गराउन दिएको रिट दरपिठ गर्ने आदेश बदर भएको छ।

युवराज नेपाली नागरिकता पुनः प्राप्ति गर्दा प्रक्रिया पूरा नगरेकाले उनी सांसद रहन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए। तर, त्यतिबेला सर्वोच्चले उक्त रिट दर्ता नगरी दरपिठ गरिदिएको थियो। 

वैशाख २८ गते सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि युवराजले दरपिठविरुद्ध जेठ २ गते निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार उक्त रिट दरपिठ गर्ने आदेश बदर गरेको हो। दरपिठ बदर भए पनि सो आदेशको लिखित आइसकेको छैन। लिखित आदेश आएपछि युवराजले रिट दर्ता गर्ने बताएका छन्। 

रविविरुद्ध मुद्धा दायर गर्न अदालतले अनुमति दिएसँगै सफलले आफूलाई १० करोड दिएर मुद्धा फिर्ता लिन भनेको बताएका छन् ।

तर, उनले आफूले १० करोड त के १० अर्ब दिएपनि मुद्धा फिर्ता नलिने बताएका छन्।  यसका साथै उनले पैसा दिन्छु भनेको अडियो क्लिप आफूसँग सुरक्षित रहेको पनि बताएका छन् । 

४ मंसिरको चुनावमा चितवन २ बाट निर्वाचित भएका लामिछानेले युवराजकै रिटका कारण नागरिकता प्रकरणमा दोषी ठहर हुँदै सबै पद गुमाउनु परेको थियो। त्यसपछि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेका थिए । 

वैशाख १० गते भएको उपचुनावबाट उनी फेरि निर्वाचित भएका थिए । तर, उनले पुनः नागरिकता प्राप्त गर्दा अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नबुझाएको दाबी गर्दै उनी सांसद हुन अयोग्य भएको जिकिरसहित युवराजले सर्वोच्चमा अर्को रिट दायर गर्न लागेका हुन् ।

Logo