नेपालले एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ।
मंगलबार मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपाल एसिसी यू–१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो। यसअघि एसिसीको आयोजनामा हुने गरेको यू–१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।
नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो। मंगलबार जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अल आउट भयो।
बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो। २ सय ५३ रनको विशाल लक्ष्य पछयाएको मलेसिया ३१ रनमै अल आउट भयो।
मलेसियालाई सस्तैमा समेटने क्रममा नेपालका लागि अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिन सफल भए भने सन्तोष यादवले ३ विकेट लिए। २ सय ५२ रनको लक्ष्य पछयाएको मलेसियाका लागि मोहम्मद अक्रम बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन्।
त्यसअघि नेपालका लागि नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले। उनले ८२ बलमा शतक पूरा गरेका थिए। उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्। नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए।
दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए। सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए। मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए।





























प्रतिक्रिया