केन्द्रबिन्दु एक्सप्रेसः सुन प्रकरणम छानबिनकालागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडानमा एमाले, कांग्रेसको सिको गर्दै माओवादी [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः सुन प्रकरणम छानबिनकालागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडानमा एमाले, कांग्रेसको सिको गर्दै माओवादी [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठनको अडान कायम राखेपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए। सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने अडानमा एमालेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतमले निर्वाचन खर्चको विवरण बुझाउन नसकेको भन्दै निर्वाचन आयोगले जरिवाना गर्ने भनेको निर्णयको विरूद्दमा उच्च अदालत पाटनमा आफ्नै मुद्दामा आफैं बहस गरेकी छिन्।

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णयको विरूद्द प्रतिनिधिसभा सदस्य सोबिता गौतम लगायत सांसदले उच्च अदालत पाटनमा दर्ता गराएका थिए। सोहि रिटमा सोबिता आफैंले आफ्नो मुद्दामा बहस गरेकी हुन्। 

चिकित्सा शिक्षा सुधारको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका डा.गोविन्द केसीले माग सम्बोधन नभए पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतमले निर्वाचन खर्चको विवरण बुझाउन नसकेको भन्दै निर्वाचन आयोगले जरिवाना गर्ने भनेको निर्णयको विरूद्दमा उच्च अदालत पाटनमा आफ्नै मुद्दामा आफैं बहस गरेकी छिन्।

 

चिकित्सा शिक्षा सुधारका लागि विगतमा भएका सहमति कार्यान्वयन हुनु पर्ने माग गर्दै उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज  पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्नेलगायत माग अघि सारेका छन्। 

हालसम्मदेशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही समयसम्ममा ९० प्रतिशत रोपाइँ भएको थियो। देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएकोे छ । 

संक्रमणकालीन न्यायको बाँकी काम सम्पन्न गर्नका लागि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद अब चार वर्ष बढाउने तयारी गरिएको छ ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संसद्को कानुन, न्याय तथा मानवअधिकार समिति छ। समितिको पनि उपसमितिमा अहिले विधेयकका बारेमा छलफल भइरहेको छ । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत सोमवार वृक्षरोपण गरेको छ ।प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेशन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त ठाउँहरूमा वृक्षरोपण गरेका हुन् ।  

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो । 

सत्तारुढ नेकपाएकीकृत समाजवादी (नेकपाएस)को केन्द्रीय कमिटी बैठक भदौंमा बस्ने भएको छ। साउन २१ गतेका लागिबोलाइएको बैठक स्थगितगर्दै नेकपाएले केन्द्रीय कमिटी बैठक भदौंको भदौ ५ देखि७गते बस्ने भएको हो । 

नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिंदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज(सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् । यसअघि पनि  माइतीघर मण्डलासहितका स्थानमा धर्नामा बसेका उनीहरुले व्यवसायीले विभिन्न समस्या झेल्नुपरिरहेको गुनासो गरेका छन् ।

भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको छ । पालघर रेलवे स्टेशन नजिकै जयपुर–मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जयपुरबाट मुम्बईका लागि छुटेको रेलमा यस्तो घटना भएको हो । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षशिव कोइराला लगायतले सोमबार एक कार्यक्रमबीचबिदाइ गरेका हुन् । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

टी–२० विश्वकपक्रिकेटमा पहिलोपटक २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण बंगलादेश, अफ्रिका, न्यूजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्यान्ड्स र पपुवान्यूगिनी सहितका १५ टिमले विश्वकपमा स्थान बनाईसकेकाछन् । विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्नबाँकी छ ।

सातौं दक्षिण एसियालीआईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागीहुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षशिव कोइराला लगायतले सोमबार एक कार्यक्रमबीचबिदाइ गरेका हुन् । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

जापान समूह सीको विजेता र स्पेन उपविजेता बन्दै महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह चरणमा अपराजित जापानले स्पेनलाई चार शुन्यले हरायो। अर्को खेलमा क्यानडालाई चार शुन्य गोलले हराउँदै आयोजक अस्ट्रेलिया पनि समूह विजेता बन्यो । आयरल्यान्ण्डसँग बराबरी खेल्दै नाइजेरिया पनि समूह बीको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।

Skip This
Skip This
Logo