केन्द्रबिन्दु एक्सप्रेसः ललिता निवास प्रकरणमा तानिए पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु, माधव नेपाल युरोप उडे [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः ललिता निवास प्रकरणमा तानिए पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु, माधव नेपाल युरोप उडे [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आशंकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौँ जिल्ला अदालतले गच्छदारसहित चार पूर्वमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी गरेको हो। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ।

काठमाडौँ जिल्ला अदालतले गच्छदारसहित चार पूर्वमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी गरेको हो।

ललिता निवास प्रकणरमा सर्वोच्च अदालतले अनुसन्धानको बाटो खोलिदिएको एकदिनपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल विदेश उडेका छन्। करिब दुई साता लामो भ्रमणका लागि उनी सोमबार बिहान जेनेभा लागेका हुन्।

स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममासहभागी भएर अध्यक्ष नेपाल भदौं एक गते स्वदेश फर्कनेछन्। अध्यक्ष नेपालले अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसालले गर्नेछन्। 

स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममासहभागी भएर अध्यक्ष नेपाल भदौं एक गते स्वदेश फर्कनेछन्। 

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन्।

केही समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि आफूले सहर्ष सहयोग गरेको भट्टराईले बताएका छन्। पूर्वमन्त्री चन्द्रदेव जोशीले पनि सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पूरा समर्थन रहेको बताएका छन्।

संसदीय समितिको नेतृत्वमा दलहरुबीच भागबण्डा मिलेको छ। नेपाली काँग्रेसलाई ४,प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २,नेकपा एकीकृत समाजवादीलाई १,जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

संसदको चौँथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बेवास्ता गरिएको छ। प्रतिनिधिसभामा १०,राष्ट्रिय सभामा ४ र दुई वटा संयुक्त समिति छन्। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने नेकपा एमालेको मागमा सरकार सकारात्मक नभएपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

नेपाली काँग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २,नेकपा एकीकृत समाजवादीलाई १,जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

सभामुख देवराज घिमिरेको आह्वानमा प्रधानमन्त्री पुष्पकमल दाहाल,काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतकहरुबीच सोमबार भएका दुई चरणका वार्ता निष्कर्षविहीन भएपछि बैठक सूचना टाँसेर स्थगित भएको हो। राष्ट्रिय सभामा पनि एमालेले अवरोध कायम राखेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भयो।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा महाधिवेसन अक्टोबर १७ देखि काठमाडौँमा हुने भएको छ। संघको पदाधिकारी बैठकले १७ देखि २० अक्टोवरसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले सोही समय युवा, विज्ञ सम्मेलन समेत गर्ने औपचारिक निर्णय गरेको छ।

चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ। सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो। बेपत्ताकालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारे पनि अझै १३ नेपालीको अवस्था अज्ञात छ। उनीहरुको खोजीमा कुकुर पनि प्रयोग गरिएको छ। 

सोमबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ। अघिल्लो दिन ३८ अंकमाथिले घटेको नेप्से सूचकमा थप ३ दशमलब २१ अंकले घट्दै २ हजार ४८ दशमलब २६ अंकको विन्दुमा झरेको हो। सोमबार २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ।

काँग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्बहाली भएको छ। राहुल केरलको वायनाडबाट लोकसभा सांसद हुन्। सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए। भाजपाले हालेको मुद्दामा फैसला गर्दै तल्लो अदालतले राहुललाई दुई वर्षको जेल सजाय सुनाएपनि सर्वोच्चले खारेज गरिदिएपछि संसदमा फर्किएका हुन्। 

करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन् मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। उनलाई राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

एएफसी कप छनोट प्रतियोगिताको प्रारम्भिक चरणको पहिलो खेलमा मंगलबार नेपालको मच्छिन्द्र क्लबले भुटानको पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ। मच्छिन्द्र क्लबले ‘ए’ डिभिजन लिगमा उपविजेता बनेर पनि एफसी कपको छनोट खेल्न लागेको हो। पारो एफसी भने भुटानको लिग च्याम्पियन हो। खेलमंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। 

करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन् मानेटलाई नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।

इंग्ल्यान्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको प्रिक्वार्टरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा चार दुई गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम ८ को टिकट काटेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

Logo