हङकङबाट नेपाल ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बरामद भएकाे सुन र त्यसको जालो नेपालमा अझै चर्चाको शिखरमै छ।
नेपाली बजारमा अधिकांश ‘ब्रेक शु’भारतीय कम्पनीकै उपलब्ध हुने भएपनि पछिल्लो समय भने चाइनिज ब्रान्डको ‘ब्रेक शु’प्रत्येक पसलहरुमा देख्न सकिन्छ।
सुन्दा अनौंठो लाग्ने गरी ‘बे्रक शु’मा राखेर त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरिनै लाग्दा राजस्व अनुसन्धान विभागले गत साउन २ गते सिनामंगलको सडकबाट‘ब्रेक शु’सहितकोकरिब १ क्विन्टल सुन बरामद गर्यो ।
सबैको चासोको बिषय बनेको सोही सुन ‘ब्रेक शु’बाट निकाल्दा त्यसको वास्तविक तौल अहिले ६० किलो सात सय १६ ग्राम कायम भएको छ । अचम्मको कुरा त बाईक र स्कुटीको ‘ब्रेक शु’मा राखेर विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रदा पनि त्रिभुवन विमानस्थल प्रशासनले सुइको समेत थाहा नपाउनु आफैँमा शंकास्पद छ।
सबैको चासोको बिषय बनेको सोही सुन ‘ब्रेक शु’बाट निकाल्दा त्यसको वास्तविक तौल अहिले ६० किलो सात सय १६ ग्राम कायम भएको छ।
भनिन्छ विमानस्थलमा प्रयोग गरिने एक्स–रे मेसिनबाट सियो समेत उम्कन पाउदैन। तर विमानस्थलबाट त्यति ठुलो तस्करिको सुन नेपाल भित्रिनुमा राज्य र गृहमन्त्रालयको ठुलो कमजोरी त छदै छ, त्यसमाथि अर्को बिडम्बनात के छ भने सुन बरामद भएको १ महिना पुगि सक्दा अझै पनि सुनका मालिक पत्ता लगाउन सकिएको छैन।
संसदमा विपक्ष दलका सांसदहरुले बारम्बार उठाइरहेको विषय पनि यहि नै थियो की क्विन्टल सुनको मालिककोमा नपुगी सुन भरियालाई मात्र किन पक्रिएको हो? यहि क्विन्टल सुन काण्डमा वृहत रुपमै गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागिएको थियो । तर अहिले यो विषय पनि मठ्ठर भइसकेको छ।
नेपाली समाजमा पछिल्लो केही समय यता निकै चर्चाको बिषय बनेको ‘ब्रेक शु’का विषयमा रहेर केन्द्रबिन्दु टोली शुक्रबार काठमाडौँ त्रिपुरेश्वरस्थित स्थानिय पसलहरुमा कति प्रकारका ‘ब्रेक शु’पाइन्छ त? ती‘ब्रेक शु’कुन–कुन राष्ट्र बाट आयात गरिन्छ ? भन्ने विषयमा केन्द्रबिन्दु टोलीले स्थलगत अध्ययन गरेको थियो ।
नेपाली बजारमा दुई पांग्रे र चार पांग्रे दुवै सवारी साधनमा लाग्ने ‘ब्रेक शु’पाइन्छ। स्थानिय बिक्रेताका अनुसार नेपालमा सय भन्दा बढी ब्रान्डका ‘ब्रेक शु’हरु उपलब्ध छन्। ती ‘ब्रे शु’हरु अधिकांश भारत चीनबाट आयात गरिएका हुन्।
अचम्मको कुरा त बाईक र स्कुटीको ‘ब्रेक शु’मा राखेर विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रदा पनि त्रिभुवन विमानस्थल प्रशासनले सुइको समेत थाहा नपाउनु आफैँमा शंकास्पद छ।
भारत र चीन बाहेक अन्य देशबाट भने कमै मात्रामा नेपालमा ‘ब्रे शु’ आयात गरिन्छ। नेपालमा बिक्री हुने ब्रेक शुको यकिन तथ्यांक नभए पनि वार्षिक रुपमा २ अर्ब भन्दा बढी रकमको ‘ब्रेक शु’को कारोबार हुने अनुमान गरिन्छ ।
नेपाली बजारमा भारतीय मुलुकको टीभीएस, महिन्द्रा, टाटाजस्ता प्रतिष्ठित ब्रान्डको ‘ब्रेक शु’उपलब्ध हुने गरेका छन्। नेपाली बजारमा अधिकांश ‘ब्रेक शु’भारतीय कम्पनीकै उपलब्ध हुने भएपनि पछिल्लो समय भने चाइनिज ब्रान्डको ‘ब्रेक शु’प्रत्येक पसलहरुमा देख्न सकिन्छ।





























प्रतिक्रिया