सुन तस्करी प्रकरणमा दलहरुबीच जुट्यो सहमति, कहिले हुन्छ जाँचबुझ आयोग गठन ? [भिडियाे]

सुन तस्करी प्रकरणमा दलहरुबीच जुट्यो सहमति, कहिले हुन्छ जाँचबुझ आयोग गठन ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरुबीचको बैठकमा दुई बुँदे सहमतिको मस्यौदा तयार भएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरुबीचको बैठकमा दुई बुँदे सहमतिको मस्यौदा तयार भएको हो।

जसमा अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ।

‘विदेशबाट इलेक्ट्रिक सिगरेट मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन,संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ।’

सहमति पत्रमा संसदमा प्रतिनिधित्व गर्ने ७ दलका प्रमुख सचेतकहरुले हस्ताक्षर गरेका छन्। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि पनि सहमति जुटेको छ।

सहमति पत्रको दोस्रो बुँदामा उल्लेख छ। सहमति पत्रमा संसदमा प्रतिनिधित्व गर्ने ७ दलका प्रमुख सचेतकहरुले हस्ताक्षर गरेका छन्। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि पनि सहमति जुटेको छ। (बुधबार) प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा दलका शीर्ष नेताहरुबीच संसद् खुलाउने विषयमा दुई बुँदे सहमति भएको हो।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेता उपस्थित थिए। एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दै एमालेले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरिरहेको थियो। अन्ततः दलका नेताहरुबीच उक्त प्रकरणको छानविनका लागि समिति बनाउने सहमति जुटेको हो।
 
यसैबिच ६० किलो सुन प्रकरणमा प्रकरणमा हालसम्म २३ जना पत्राउ परेका छन्। भदौ १ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौँबाट थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २३ पुगेको हो। हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

भदौ १ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौँबाट थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २३ पुगेको हो।

गत ३ साउनमा राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलको भन्सार पास भइसकेको अवस्थामा बरामद गरेको थियो। स्कुटरको ‘ब्रेक शु’मा ल्याइएको उक्त सुन गत मंगलबार गाल्दा भने ६० किलो ७ सय १६ ग्राममात्रै हुन आएकाे हाे।

Logo