सन्दीपलाई छाडेर एसिया कप खेल्न पुग्यो टोली, पाकिस्तानद्वारा भब्य स्वागत [भिडियाेसहित]

सन्दीपलाई छाडेर एसिया कप खेल्न पुग्यो टोली, पाकिस्तानद्वारा भब्य स्वागत [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा सुरु हुने एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाकिस्तान क्रिकेट बोर्डले भब्य स्वागत गरेको छ।

सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दाको किनारा लाग्न ढिलाइका कारण उनले एसिया कप खेल्न पाउने की नपाउने अन्योल बढेको हो।

मंगलबार राती १ बजे नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो। तर टोलीमा राष्ट्रिय क्रिकेट टिमका सर्वाधिक सफल बलर सन्दीप लामिछाने भने अटाएका छैनन्।

उनले एसिया कप क्रिकेट खेल्छन् कि खेल्दैनन् भन्ने अन्योल बढेको छ।  सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दाको किनारा लाग्न ढिलाइका कारण उनले एसिया कप खेल्न पाउने की नपाउने अन्योल बढेको हो।

काठमाडौँ जिल्ला अदालतमा रहेको सन्दीपको मुद्दाको अर्को पेसी आउँदो आइतबारका लागि तोकिएको छ। केही दिनअघि मात्र अदालतले पीडितको आमाको जन्म मिति यकिन गर्न कागजात झिकाउन आदेश दिएको थियो।

अदालतमा चलिरहेको यही मुद्दाका कारण सन्दीप मानसिकरूपमा प्रतियोगिता खेल्न तयार देखिँदैनन्। यद्यपि क्यानले भने विरामी भएका कारण उनी मंगलबार राति पाकिस्तान प्रस्थान नगरेको बताएको छ।

क्यानद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसिया कपका म्यानेजर प्रदीप मजगैयाँले स्वास्थ्य समस्याका कारण टोलीसँगै सन्दीप पाकिस्तान नजाने बताएका थिए । तर, सन्दीपले भने आफू स्वास्थ्यका हिसाबले पूर्णरूपमा फिट भएको बताइसकेका छन्।  

अदालतमा चलिरहेको यही मुद्दाका कारण सन्दीप मानसिकरूपमा प्रतियोगिता खेल्न तयार देखिँदैनन्। यद्यपि क्यानले भने विरामी भएका कारण उनी मंगलबार राति पाकिस्तान प्रस्थान नगरेको बताएको छ।

उनले सञ्चारकर्मीसँग आफू विरामी भएको विषय होटल आएपछि मात्रै थाहा पाएको प्रतिक्रिया दिएका थिए। यसले के प्रष्ट पार्छ भने उनी स्वास्थ्यका कारण नभइ अदालतमा लम्बिरहेको मुद्दाको कारण तनावमा देखिन्छन्।

गत जुन-जुलाईमा भएको विश्वकप छनोटका लागि पनि सन्दीप अदालतको मुद्दाको कारण टोलीसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्। सोही कारण उनले पर्याप्त अभ्यास पनि गर्न पाएनन्। फलस्वरूप सन्दीपले जिम्बाब्वेमा आयोजित विश्वकप छनोटको सुरुआती दुई खेलमा कमजोर प्रदर्शन गरे। 

यसपटक पनि उनलाई अभ्यासबिनै अन्तिम समयमा एसिया कपका लागि पाकिस्तान पठाउने प्रयास हुँदैछ। प्रतियोगिता खेल्न पूर्णरूपमा फिट भएमा सन्दीपलाई पहिलो खेलअघि नै पाकिस्तान पठाउने क्यानको तयारी रहेको हो।

यदि सन्दीप खेल्न तयार नभएमा प्रतियोगितामा नेपालको प्रदर्शन निकै कमजोर हुनसक्ने खेल विश्लेषकको अनुमान छ। पहिलोपटक एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा विश्व क्रिकेटकै सबैभन्दा बलियो राष्ट्रका रुपमा हेरिने भारत र पाकिस्तान छन्। 

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्। नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा उद्दघाटन खेल खेल्दै एसिया कपको सुरुवात गर्ने छ।

मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास गर्नेछ भने स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्नेछ। यस्तै दोस्रो खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ।

मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास गर्नेछ भने स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्नेछ। यस्तै दोस्रो खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ।

रोहितकुमार पौडेलको कप्तानीमा पाकिस्तान पुगेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद रहेका छन्।

Logo