यतिबेला सामाजिक सञ्जालमा निकै विवादित बिषय हो, गौ हत्याकाण्ड। गौ हत्याकाण्ड सामाजिक सञ्जालबाट सूरु भएर अहिले देशब्यापी विवादित विषय बनेको छ।
हिन्दु धर्मालम्बीहरुका अनुसार गौहत्या आफैंमा जघन्य अपराध हो तर पनि अहिले मानिसहरु त्यसलाई बेवास्ता गर्दै गौ हत्या गरि राखेका छन्।
हिन्दु धर्मालम्बीहरुका अनुसार गौहत्या आफैंमा जघन्य अपराध हो तर पनि अहिले मानिसहरु त्यसलाई बेवास्ता गर्दै गौ हत्या गरि राखेका छन्। अझ हिजोआज त झन् गौहत्या गरेर त्यसलाई उत्सवको रुपमा मनाइरहेका भिडियो सामाजिक सञ्जालमा छरिपष्ट छन्।
यस्ले समाजमा कस्तो असर गर्छ? त्यसको अनुमान नै नगरी देशको नियम विपरीत गएर देशको राष्ट्रिय जनावरको रुपमा पुजा गरेको गौ हत्याको हत्यागरी व्यक्तिगत मनोरञ्जनको लागी प्रयोग गर्नु आफैंमा लज्जास्पद छ।
गौ हत्याको बिषय धरानबाट उब्जिएको भएतापनि यस्तो गतिविधी देशव्यापी रुपमा नै फैलिन सक्ने आशंका गरिएको छ। गौ हत्याको विषयलाई लिएर अहिले जतातेतै विरोधका स्वरहरु उठेको देख्न सकिन्छ।
गौ हत्याको बिषय हिजो आजको बिषय मात्रै पक्कै होइन, परापूर्वकालमा पनि ऋषि र ऋषि-पत्नीहरूले एउटा गाईलाई अखाद्य वस्तु खुवाई गौ हत्या गरेको र त्यसको सजाय गौतम ऋषि र उनकी पत्नी अहिल्याले भोग्नु परेको इतिहास हामिलाई थाहा नै छ।
र अब पनि सोहि गौहत्याको बिषयले हाम्रो देशमा धार्मिक द्धन्द नहोला भन्न सकिन्न। हिन्दु धर्मको विपरीत गएर गौहत्या गरीएको भन्दै अहिले विभिन्न धर्मविद्, राजनितिज्ञहरु विरोधमा उत्रिएका छन्।
नेपालमा विभिन्न ठाउँमा देशको नियमबिपरीत गएर गौहत्या त भइ नै रहेका छन्। तर यस विषयमा पछिल्लोसमय चर्चा पाएको छ धरानले। सधैँ प्रसंशा र सफलताको मात्रै चर्चा पाएको धरानले अहिले विभिन्न आलोचना पनि खेपिरहेको छ।
केही दिनअघि धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएको घटना बाहिरीएपछि उक्त बिषयले धार्मिक तथा सामाजिक विवाद उत्पन्न भएको छ।
नेपालको कानुनले निषेध गरेको गौ हत्यालाई कानुनविपरीत गई गौ वंशको हत्या जस्तो उछृंखल गतिविधीले सामाजिक सद्भाव र एकतालाई नै खलबल्याएको छ।
सोहि बिषयलाई लिएर धरानका मेयर हर्क साम्पाङले विभिन्न आरोप प्रत्यारोप खेपिरहेका छन्। धरानमा मन्दिर अगाडि नै चर्च बनाउन दिने र गाई गोरु काटेर खान जनतालाई मेयर साम्पाङले नै प्रोत्साहित गराएको आरोप लागेको छ।
यद्यपि मेयर साम्पाङ भने आपसी सद्भाव र एकता कामय राख्न अपिल गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताउँछन्।
गौ हत्याको बिषय धरानबाट उब्जिएको भएतापनि यस्तो गतिविधी देशव्यापी रुपमा नै फैलिन सक्ने आशंका गरिएको छ। गौ हत्याको विषयलाई लिएर अहिले जतातेतै विरोधका स्वरहरु उठेको देख्न सकिन्छ।
र अब पनि सोहि गौ हत्याको बिषयले हाम्रो देशमा धार्मिक द्धन्द नहोला भन्न सकिन्न। हिन्दु धर्मको विपरीत गएर गौहत्या गरीएको भन्दै अहिले विभिन्न धर्मविद्, राजनितिज्ञहरु विरोधमा उत्रिएका छन्।
विशेष गरी हिन्दु धर्मावलम्बीहरु अहिले देशका सबै जस्तो स्थानमा निस्केर विरोधका स्वरहरु उठाइरहेका छन्। गौ हत्याको विषय वस्तुलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोली आम मानिसहको धारण कस्तो रहेको छ भनि स्थलगत अध्ययन गरेको छ।





























प्रतिक्रिया