नेपाली भू-भाग कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा जारी गरी अतिक्रमण गर्ने भारत अहिले आफ्नै भू-भाग अतिक्रमणका कारण तनावमा देखिएको छ।
केहीदिन अघि मात्रै चीनले भारतको अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई आफ्नो आधिकारिक नक्सामा सार्वजनिक गरेपछि भारत अहिले निकै मुरमुरिएको छ।
केहीदिन अघि मात्रै चीनले भारतको अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई आफ्नो आधिकारिक नक्सामा सार्वजनिक गरेपछि भारत अहिले निकै मुरमुरिएको छ।
भारतले आफ्नो भू-भाग चीनको भएको दाबी गर्ने नयाँ नक्सालाई लिएर कडा विरोध जनाएको छ। चीनले जारी गरेको नयाँ नक्साले भारतीय भू-भागलाई चीनले आफ्नो नक्सामा देखाइएको भन्दै भारतले कडा कूटनीतिक विरोध गरेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार विज्ञप्ति जारी गर्दै चीनको तथाकथित २०२३ को नक्साप्रति चिनियाँ पक्षसँग कूटनीतिक च्यानलमार्फत कडा विरोध दर्ता गराएको बताएका छन्।
एउटा भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश थियो, जसलाई चीनले तिब्बतको हिस्सा मान्दछ, जहाँ दुई देशले सन् १९६२ मा सीमा युद्ध लडेका थिए।
ती दाबीहरूलाई अस्वीकार गर्नुेको कारण तिनीहरूको कुनै आधार नभएको र चिनियाँ पक्षको यस्तो कदमले सीमा क्षेत्रमा देखिएका प्रश्नहरूको समाधानलाई जटिल तुल्याएको पनि उनले बताएका छन्।
बेजिङको सरकारी स्वाभित्वको ग्लोबल टाइम्स पत्रिकाले जारी गरेको नक्सामा दुई क्षेत्र भारतको रहेको नयाँ दिल्लीले जनाएको छ। एउटा भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश थियो, जसलाई चीनले तिब्बतको हिस्सा मान्दछ,जहाँ दुई देशले सन् १९६२ मा सीमा युद्ध लडेका थिए। दोस्रो थियो, अक्साई चीन, जुन तिब्बतलाई पश्चिम चीनसँग जोड्ने उच्च रणनीतिक करिडोर हो।
चीनले पूर्वी हिमालय रहेको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा भएको दाबी गरेको छ। गत अप्रिलमा राज्यका ११ स्थानलाई चिनियाँ भाषामा जांगनानू वा दक्षिणी तिब्बत भित्र रहेको दाबी गर्दै नक्सा जारी गरिएको थियो। भारतले आफ्नो दाबी गरेको अक्साई चीन, पश्चिमी हिमालयको पठार चीनको नियन्त्रणमा रहेको छ।
सन् २०२०मा भएको हिंसापछि चीन र भारतबीचको सीमा क्षेत्र शान्त रहँदै आएको छ। तर, नियन्त्रण रेखाका पश्चिम हिमालय सीममा दुवै देशका दसौं हजार सैनिकहरू जम्मा भएका छन्।
यसअघि भारतका विदेशमन्त्रीले चीनको क्षेत्रीय दाबीलाई खारेज गरेका थिए। उनले एनडीटीभीमार्फत बेतुकमा भारतको भू-भाग दाबी गर्दैमा चीनको बनाउन नसकिने समेत जानकारी दिए। सन् २०२० को जुनमा हिमालयमा दुवै पक्षका सैनिकहरूबीच झडप हुँदा २० भातरीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि दुई एसियाली छिमेकीको सम्बन्ध चिसिएको थियो।
सन् २०२०मा भएको हिंसापछि चीन र भारतबीचको सीमा क्षेत्र शान्त रहँदै आएको छ। तर, नियन्त्रण रेखाका पश्चिम हिमालय सीममा दुवै देशका दसौं हजार सैनिकहरू जम्मा भएका छन्।
गत साता जोहानेस वर्गमा भएको ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच विवादित हिमालय सीमाबारे चिन्ता व्यक्त गरेपछि नयाँ दिल्लीले सो नक्साको विरोध गरेको हो।

बेजिङले उक्त बैठकलाई स्पष्ट र गहिरो विचार विमर्श भनेको थियो भने भारतीय प्रधानमन्त्री मोदीले सम्मानपूर्वक र निरीक्षणमा विशेष जोड दिएका थिए। मोदी सरकारले विवादित क्षेत्रमा नागरिक उपस्थितीलाई बढवा दिन र नयाँ अर्धसैनिक बटालियनहरू स्थापना गर्नका लागि सीमामा अरबौं डलर खर्च गरेको छ।

प्रतिक्रिया