इन्डियन प्रिमियर लिग (आइपीएल) विश्वकै लोकप्रिय र सर्वाधिक धनराशी भएको फ्रेन्चाइज टि-२० क्रिकेट प्रतियोगिता हो। आइपीएल त्यस्तो लिग हो जहाँ कुनैपनि खेलाडी एक रातमै करोडको मालिक हुने गर्दछन्।
नेपाली क्रिकेटको नाम विश्वसामु परिचित गराउन सफल लेगस्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेटका चम्किला तारा हुन्।
सडकका खेलाडी महलमा पुग्दछन्। क्षमता भएको जो कोही खेलाडीले आइपीएल खेल्न सक्छन्। विश्वका प्राय सबै चर्चित खेलाडीको आइपीएल खेल्ने सपना हुन्छ। आइपीएलबाट खेलाडीले नाम र दाम दुबै राम्रो प्राप्त गर्दछन्।
सन् २०१८ मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो। लगातार तेस्रो सिजन सन्दीपले दिल्लीबाट खेलेका थिए। सोही क्रममा सन्दीप नेपाली क्रिकेटबाट आइपीएल खेल्ने पहिलो खेलाडी बने।
आइपीएलपछि सन्दीपले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, क्यानडा टि-२०, टि-टेनलगायतका विश्वका चर्चित विदेशी लिगमा पहिलो रोजाईमा पर्दै राम्रो पारिश्रमिक पाउनुको साथै उच्च प्रर्दशन गर्दै आएका छन्।
एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाएर विश्व रेकर्ड राख्न सफल दिपेन्द्र सिंह ऐरी पनि वर्ष २०२४ मा हुने आइपीएलमा छानिन सक्ने प्रवल सम्भावना भएका खेलाडी हुन्।
विश्व क्रिकेट जगतमा मौका पाए नेपाली मात्र नभएर एसोसिएट टोलीका खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् भन्ने सन्दीपले राम्रो सन्देश दिइसकेकका छन्। सन्दीपसँगै, पूर्व कप्तान पारस खड्का र तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले पनि विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन्।
हालै नेपाली खेलाडीहरुले एसियाकप र एसियन गेमको प्रदर्शनलाई लिएर अन्तराष्ट्रिय मिडियाहरुमा निकै चर्चा भइरहेको छ। विभिन्न भारतीय मिडियादेखि लिएर बिबिसी सिएनएनलगायत ठुला न्युज च्यानलहरुले नेपाली खेलाडीहरुले एसियन गेममा राखेका रेकर्डहरुका बारेमा निकै चर्चा गरेका छन्।
यसरी नेपाली खेलाडीहरुको चर्चा अन्तर्राष्ट्रिय मिडियाहरूमा भइरहँदा वर्ष २०२४ मा हुने आइपीएलमा नेपाली खेलाडीहरुले पनि भारतीय क्रिकेट लिग खेल्ने सम्भावना प्रवल देखिन्छ। वर्ष २०२४ मा हुने आईपीएलमा नेपालबाट सम्भावना बोकेका खेलाडीको सूचीमा कुसल मल्ल, कुसल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, रहेका छन्।
१. कुसल मल्लः हालै भइरहेको १९औँ एसियन गेमअन्तर्गत क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले हराउदा नेपालका लागि सबैभन्दा धेरै रन ल्याउने एक्ला खेलाडी हुन् उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको किर्तिमान राख्न सफल भए।
सोमपाल कामीले नेपालले पहिलो पटक सन् २०१४ मा टि-२० क्रिकेटमा छनौट हुँदा पनि टोलीका लागि महत्वपूर्ण भूमिका खेलेका सोमपाल अहिले नेपाली टोलीका सबैभन्दा भरपर्दा अलराउण्डर खेलाडी हुन्।
उनले मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहिल १३७ रन बनाएर नट आउट रहे। यसैगरी मल्लले नेपाललाई सन् २००२ पछि पहिलो पटक एसियाकप क्रिकेटमा छनौट गराउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका थिए।
२. दिपेन्द्र सिंह ऐरीः एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाएर विश्व रेकर्ड राख्न सफल दिपेन्द्र सिंह ऐरी पनि वर्ष २०२४ मा हुने आइपीएलमा छानिन सक्ने प्रवल सम्भावना भएका खेलाडी हुन्।
उनले मंगोलियाविरुद्ध ८ छक्का प्रहार गरेर कहिल्यै नटुट्न सक्ने रेकर्ड बनाएका हुन्। ऐरी नेपाली क्रिकेट जगतमा टि-२० मा १ हजार रन बनाउने पहिलो खेलाडी पनि हुन्। उनले पहिल्ला नेपालले खेलेका प्रत्येक खेलमा टोलीका लागि महत्वपूर्ण भूमिका निभाइरहेका छन्।
३. कुशल भुर्तेलः एसिया कपमा भारतविरुद्ध ३८ रन र पाकिस्तानविरुद्ध ८ रन ल्याउन सफल कुशल भुर्तेल टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध ९९ रन ल्याउन सफल भएका थिए। पछिल्लो समय निकै फर्ममा खेलिरहेका कुशल वर्ष २०२४ मा हुने आइपीएमा छनौट हुने सम्भावना बोकेका खेलाडी हुन्।
उनले ब्याटिङमा मात्र होइन बलिङमा पनि उतिकै जादु देखाउँदै आएका छन्। कुशलले एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत यूएईविरुद्ध एक्लैले ५ विकेट लिएका थिए।
४.सन्दीप लामिछानेः नेपाली क्रिकेटको नाम विश्वसामु परिचित गराउन सफल लेगस्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेटका चम्किला तारा हुन्।
लगातार ३ वर्ष आइपीएल खेलिसकेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, क्यानडा टि-२०, टि-टेनलगायतका विश्वका चर्चित विदेशी लिगमा पहिलो रोजाईमा पर्दै राम्रो पारिश्रमिक पाउनुको साथै उच्च प्रर्दशन गर्दै आएका छन्।
सन्दीप पछिल्लो समय नेपाली टोलीले चाहेको जस्तो प्रदर्शन गर्न नसके पनि टोलीलाई आवश्यकता परेको बेला बलिङ र ब्याटिङमा केही भिन्न गर्न सक्ने खेलाडीका रुपमा परिचित बनेका छन्।
वर्ष २०२४ मा हुने आईपीएलमा नेपालबाट सम्भावना बोकेका खेलाडीको सूचीमा कुसल मल्ल, कुसल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, रहेका छन्।
५. सोमपाल कामीः विश्व क्रिकेट जगतको पावर हाउस राष्ट्र पाकिस्तानविरुद्ध २८ रन र अर्को पावर हाउस राष्ट्र भारतविरुद्ध ४८ रन बनाउन सफल अलराउण्डर सोमपाल कामी नेपाली क्रिकेटले कहिल्ले बिर्सिन नसक्ने नाम हो।
नेपालले पहिलो पटक सन् २०१४ मा टि-२० क्रिकेटमा छनौट हुँदा पनि टोलीका लागि महत्वपूर्ण भूमिका खेलेका सोमपाल अहिले नेपाली टोलीका सबैभन्दा भरपर्दा अलराउण्डर खेलाडी हुन्। उनी टोलीलाई आवश्यक परेको बेला ब्याटिङ र बलिङ दुबैमा भरपूर साथ दिन सक्छन्।





























प्रतिक्रिया