आरती शाहको श्रीमानलाई जेल पठाउने आदेश आउँदा पनि धर्नामा पीडित परिवार, माग के हो ? [भिडियाेसिहत]

आरती शाहको श्रीमानलाई जेल पठाउने आदेश आउँदा पनि धर्नामा पीडित परिवार, माग के हो ? [भिडियाेसिहत]

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। 

न्याय माग्न जाँदा कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्कासहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका उनीहरुले अझै आफूहरुको माग सुनुवाइ नभएको बताएका छन्।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो। तर आरतीका परिवारले भने आफूहरुले अझैँ न्याय नपाएको भन्दै धर्ना दिइरहेका छन्।

न्याय माग्न जाँदा कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्कासहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका उनीहरुले अझै आफूहरुको माग सुनुवाइ नभएको बताएका छन्।

आरती शाहका आमासहितका परिवारका सदस्यहरुले न्यायको माग गर्दैँ धर्ना दिएको १ सय७५ दिन पुगिसक्यो। आरतीको हत्या आरोपित चारजनालाई जेल सजाय नभएसम्म आफूहरुले न्याय नपाउने बताएका छन्। 

दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी थियो।

आरती र मोतीबाब साहबीच २९ असार २०७७ मा विवाह भएको थियो  तर, गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी थियो।

सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको छ। तर, पीडित परिवारले न्यायको आभाष गरेका छैनन्।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो।  

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको थियो। सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको छ। तर, पीडित परिवारले न्यायको आभाष गरेका छैनन्।

आरतीको श्रीमानलाई थुनामा पठाएर ससुरालाई रिहा गर्ने तथा प्रहरी अधिकृतहरुलाई कारबाही नगर्नुले आफूहरुलाई अल्मलाउन खोजेको पीडित परिवारको गुनासो छ।

Logo