एनसेललाई सरकारको स्वामित्वमा ल्याउन निर्देशनदेखि राप्रपाकाे आन्दोलन घाेषणासम्म [भिडियाेसहित]

एनसेललाई सरकारको स्वामित्वमा ल्याउन निर्देशनदेखि राप्रपाकाे आन्दोलन घाेषणासम्म [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

१. हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेज गर्न आन्दोलन गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ।पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची–महाकाली एकता यात्रासँगै उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताएका छन् ।

२. एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानून र नियम संशोधन गर्न मंगलबार निर्देशन दिएको छ । आज समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समिति बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीबारे छलफल गरेको थियो । बैठकमा सहभागी प्रधानमन्त्री दाहालले एनसेलको शेयर बिक्रीमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने नियत देखिएको बताए । 

३. शेयर बिक्री प्रकरणमा सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ
सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो ।दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।

४. सन्दीप
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट काठमाडौं जिल्ला अदालतमा बुझाएका छन् । अदालतको आदेशअनुसार जाहेरीकर्ता गौशाला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् । सन्दीपका वकिलहरुले बुझाएको बहस नोट भने ४० पेज लामो रहेको छ ।दुवै पक्षको बहस नोटमा गौशाला २६ को उमेरलाई सर्वाधिक महत्व दिइएको छ । सन्दीपको मुद्दामा अब ८ गतेलाई पेशी तोकिएको छ।

५.चैतमासूचना प्रविधि सम्मेलन’ गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाको सूचना प्रविधि समितिले आउँदो चैत महिनामा ’सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ।महानगरले सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नविनतम सोच र प्रविधिलाई जोड्न उक्न सम्मेलन आयोजना गर्न लागेको हो। 

६ .डा. केसी सेती अस्पताल भर्ना, उपचारार्थ
धनगढीमा ७२ घण्टा अनशसन बसेका प्रा. डा. गोविन्द केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । अनसन तोडेपछि सोमबार साँझ डा. केसीलाई अस्पताल भर्ना गरिएको हो ।सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित लक्ष्मीनारायण अनशसन बसेका थिए ।

नेकपा
नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद्को बैठक र तोकिएका सबै अधिवेशनहरु स्थगित गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघको १४ र १५ गतेलाई राखिएको केन्द्रीय परिषद् बैठक १५ गतेपछि मात्र तिथि तोक्ने गरी हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

७. पाँच महिनापछि नेप्सेले पार ग-यो २१ सयको विन्दु, कारोबार रकम ६ अर्ब नजिक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । पाँच महिनापछि नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

८. बायुसेवा
नेपाल वायुसेवा निगम (नेवानि)ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९र८०) मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ ।

९. भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित
भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् ।भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ रेको हो ।

१०. दाङमा हनि ट्र्र्यापमा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद
कानून व्यवसायी पुरुषलाई हनि ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख असुलेको अभियोगमा उनीहरुमाथि मुद्दा चलेको थियो ।

११. तुलसीपुरको बजारमा अनधिकृत रूपमा राखेको विज्ञापन हटायो नगर प्रहरीले
गुरूकुल एकेडेमीले तुलसीपुरको मुख्य बजारमा अनधिकृत रूपमा राखेको विज्ञापन हटाइएको छ।तुलसीपुरको मुख्य बजार (क) लाइनको बिरूवा पेटीको रेलिङमा अनधिकृत रूपमा राखेका विज्ञापन नगर प्रहरीले मंगलबार दिउँसो हटाएको हो।

१२. १ सय ४१ सांसदलाई निलम्बन गरेपछि भारतमा तरंग
भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ।हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेसँगै तरंग उत्पन्न भएको हो । संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्।  

१३. भारतलाई हराउँदै विश्वकप जिताउने पाट कमिन्स आईपीएल इतिहासकै महंगा खेलाडी
विश्वकप विजेता अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् । आज दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा स्टार्कलाई कोलकता नाइटराइडर्सले २४.७५ करोड भारुमा भित्र्याएको हो । उनको आधार मूल्य २ करोड भारु थियो । सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो। त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो। योआईपीएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो । यसअघि आजै अस्ट्रेलियाका विश्वकप विजेता कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा किनेको छ ।

Logo