बद्री पंगेनी र समीक्षाको नयाँ गीत ‘कन्या राशि’मार्फत धार्मिक सहिष्णुताको सन्देश दिने प्रयास

बद्री पंगेनी र समीक्षाको नयाँ गीत ‘कन्या राशि’मार्फत धार्मिक सहिष्णुताको सन्देश दिने प्रयास

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । गायक बद्री पंगेनी तथा समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘कन्या राशि’ले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न थालेको छ ।

गीतमा हिन्दु धर्म मान्ने युवती र मुस्लिम धर्म मान्ने युवकबीचको प्रेम सम्बन्धलाई चित्रण गरेर धार्मिक सद्भावको सन्देश दिइएको छ ।

नारायण ज्ञवालीको शब्दमा गायक पंगेनीद्वारा नै संगीतबद्ध गरिएको यो गीत पंगेनी आफैँले निर्देशन गरेका हुन् । यस गीतको भिडियोमा उनकै छोरी बिहानी पंगेनीले अभिनय गरेकी छिन् ।

गीतमा बिहानीसँगै प्रभात पाल ठकुरी, अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी र श्याम पटेलको अभिनय रहेको छ । बद्री पंगेनीकै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको साढे १६ मिनेट लामो गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म ९ लाख ७६ हजारले हेरिसकेका छन् ।

Logo