गिरिजाबाबुले चुनाव लड्न टिकट दिनुभएको थियो, तर मैले ‘रिजेक्ट’ गरेंः ऋषि धमला (भिडियाे)

गिरिजाबाबुले चुनाव लड्न टिकट दिनुभएको थियो, तर मैले ‘रिजेक्ट’ गरेंः ऋषि धमला (भिडियाे)


पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउने उनको ध्यान हुन्छ। 

रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक टक शो बाट नेपाली दर्शक स्रोतामाझ प्रस्तुत भइरहेका छन्। 

यसरी थुप्रै सञ्चारगृहको मालिकका रुपमा रहेका धमलाले आफू अझै पनि क्रियाशील रिपोर्टर भएको बताएका छन् । तीन दशक बढीको पत्रकारिता अनुभव संगालिसकेका धमला एउटा पत्रकार हुनलाई ऊ रिपोर्टर नै रहनु पर्ने मत राख्छन्। जसले पत्रकारलाई रचनात्मक बनाउन सहयोग पुर्याउने उनको भनाइ छ।

नेपाली समाजमा चिनिएका र गनिएका हरेकसँग साक्षात्कार गरेका छन् धमलाले । नेपाली राजनीति र यसको परिवर्तनसँग नजिक रहेर पत्रकारिता गर्दै आएका धमला राजनीति गर्न भने रुचि राख्दैनन्। 

‘म राजनीतिमा जाने हो भने पहिल्यै जाने थिएँ,’ केन्द्रविन्दुको कार्यक्रम ‘इन्टरभ्यू विथ इन्टरभ्यूअर’मा बोल्दै धमलाले भने तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले धादिङबाट चुनाव लड्न भन्नु भएको थियो तर, मैले मानिनँ।’ 

उनले आफ्नो करियर पत्रकारितामा बिताउने पनि बताएका छन्। पत्रकारितामा राजनीतिक प्रभाव पर्न नहुने पनि उनको धारणा छ। थुप्रै संचारगृहमा जिम्मेवार निर्वाह गर्दै विभिन्न कार्यक्रमको प्रस्तोताका रुपमा धमलालाई देखिरहँदा उनलाई समय व्यवस्थापन सम्बन्धी प्रश्न धेरैले गर्ने रहेछन् । 

तर, समय व्यवस्थापनको विषय इच्छाशक्ति छ भने गौण रहने उनको तर्क छ। भन्छन्, ‘इच्छाशक्ति भयो भने मान्छेले जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न सक्छ, त्यो ममा भएर नै हरेक दिन एउटा कार्यक्रमको प्रस्तोताका रुपमा दर्शक स्रोतामाझ आउन सफल छु।’ सफल हुनका लागि मान्छे अनुशासित र सक्रियता हुनुपर्छ । त्यो आफूमा रहेको धमलाको तर्क छ। 

 

Logo