नेपालका राजाहरू विदेशीसामु कहिल्यै झुकेनन् : राजेन्द्र लिङ्देन (भिडियाेसहित)

नेपालका राजाहरू विदेशीसामु कहिल्यै झुकेनन् : राजेन्द्र लिङ्देन (भिडियाेसहित)


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन्। 

राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र: एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन्।  

सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन्।

 

Logo