संसारमा यदि मानिसलाई सबैभन्दा धेरै तनाव कुनै प्राणीले दिएको छ भने त्यो सर्प हो ।
सर्पको टोकाइका कारण हरेक वर्ष हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ भने लाखौ मानिस घाइते हुन्छन् । संसारमा धेरै प्रकारका विषालु जीवहरू छन् । तर तीमध्ये ५ सर्प मानिसहरुका लागि सबैभन्दा बढी खतरनाक मानिन्छन्
डब्लुएचओका अनुसार विश्वभर प्रत्येक वर्ष ५४ लाख मानिसलाई सर्पले टोक्ने गरेको छ । जसमध्ये ८१ हजारदेखि १ लाख ३८ हजार मानिस समयमा उपचार नपाउदा ज्यान गुमाउँछन् । यस्तो अवस्थामा तपाईको मनमा संसारकै सबैभन्दा खतरनाक पाँच सर्प कुन होला भनि खुल्दुली भएको हुनसक्छ । यस्तो अवस्थामा आज हामी तपाईलाई संसारका सबैभन्दा खतरनाक ५ सर्पको बारेमा बताउँदैछौं ।
१. इनलैंड ताइपन
सबैभन्दा खतरनाक सर्पको सूचीमा पहिलो नम्बरमा इनलैंड ताइपन आउँछ । इन्टरनेशनल जर्नल अफ न्युरोफार्माकोलोजीका अनुसार यो सर्पको विषको एक थोपा मानिस र कुनै पनि जनावरहरूलाई मार्न पर्याप्त हुन्छ । यो सर्पको प्रजाती क्वीन्सल्याण्ड र दक्षिण अष्ट्रेलियाको मैदानहरूमा बस्छन् । यसबाहेक यी प्रजातीका सर्पहरु मुसाको खाडलमा पनि बस्छन् । अनुसन्धानकर्ताहरुका खनुसार यी प्रजातीका सर्पहरू विरलै मानिसको सम्पर्कमा आउँछन् ।

२. कोस्टल ताइपन
दोस्रो सबैभन्दा खतरनाक सर्प कोस्टल ताइपान हो । यो सर्पको गति निकै चाडो हुन्छ । यो सर्पको गतिको अनुमान तपाई यसबाट पनि गर्नसक्नुहुनेछ कि यो सर्पले धेरै पटक डस्दामात्र तपाईलाई थाहा हुन्छ । यो सर्प पानी परिरहने वा भिजेको जङ्गलमा बस्छन । सन् १९५६ मा यो सर्प विरुद्धको औषधी तयार पारिएको थियो । त्यो भन्दा यो सर्पले टोकेका प्रत्येक मानिसहरु मारिएका थिए ।
३. किंग कोब्रा
तेस्रो नम्बरमा सबैभन्दा विषालु सर्प किंग कोब्रा आउछ । किंग कोब्रा संसारको सबैभन्दा लामो विषालु सर्प हो । लन्डनको प्राकृतिक इतिहास संग्रहालय अनुसार, यसको लम्बाइ ५.४ मिटर सम्म हुन सक्छ । यसले १०० मिटर टाढाबाट कुनै पनि कुरालाई स्पष्ट रूपमा देख्न सक्छ । किंग कोब्राले खतरा महसुस गर्नसाथ मेरुदण्डको सहाराले आधा खडा हुन्छ र मानिसको मुख नजिक गएर डस्छ । यो सर्पको विशेषता विष होइन तर पीडितलाई टोक्दा निस्कने विषको मात्रा हो । यो सर्पले प्रत्येक पल्ट टोक्दा करिब ७ एमएल विष निकाल्छ । यो सर्पले एक पटकमा तीनदेखि चार पटकसम्म टोक्ने गर्छ । यसले टोकेको १५ मिनेटमा मानिस र १ घण्टामा हात्ती मर्न सक्छ ।

४. बैंडेड करेट
चौथो नम्बरमा सबैभन्दा खतरनाक सर्प बैंडेड करेट आउछ । यो सर्प भारतका केहि स्थानमा पाइन्छ । दिनको समयमा यो सर्प सुस्त भएपनि अँध्यारो हुनसाथ यी निकै सक्रिय बन्छन् । यी सर्पहरूले टोक्ने सम्भावना बेलुकि वा अध्यारोकै समयमा बढी हुन्छ । यो सर्पको विषले मांसपेशीलाई स्थिर बनाउँछ र सास फेर्न गाह्रो हुने बनाउछ । यो सर्पको विषले प्राणीको शरीरमा रहेको हावालाई फोक्सोमा पुग्नबाट रोक्छ । जसका कारण मानिस वा अन्य प्राणीहरु निसास्सिएर मर्छन ।

५. भाइपर स्नेक
भाइपर सर्प विश्वको सबैभन्दा खतरनाक सर्पको सूचीमा पाँचौं नम्बरमा पर्छ । यो सर्पलाई भारतमा सबैभन्दा बढी टोकाइबाट हुने मृत्युका लागि जिम्मेवार मानिन्छ । यो सर्पले टोकेको ठाउँ सुन्निने, रक्तस्राप हुने र दुख्ने गर्छ । रक्तस्राव पछि यो सर्पको विष रगतमा पुगी मानिसको मृत्यु हुन्छ ।





























प्रतिक्रिया