अनुसन्धानकर्ताहरुको टोलीले भर्खरै पृथ्वीबाट करिब १०० प्रकाश वर्ष टाढा एउटा ग्रह पत्ता लगाएका छन ।
जुन पूर्ण रूपमा पानीले ढाकिएको मानिएको छ । नेशनल एरोन्याटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) का अनुसार यस ग्रहको नाम टीओआई–१४५२ बी राखिएको छ । वैज्ञानिकहरुका अनुसार यो ग्रह पृथ्वीभन्दा करिब ७० प्रतिशत ठुलो हुन सक्छ र यो ग्रह ‘गोल्डिलक्स जोन’ मा अवस्थित छ । ‘गोल्डिलक्स जोन’ अर्थात यस्तो ठाउँ जहाँ तापक्रम न धेरै तातो हुन्छ न धेरै चिसो, जसका कारण ग्रहको सतहमा तरल पानी हुने वैज्ञानिकहरुले अपेक्षा गरेका छन ।
नासाको ट्रान्जिटिङ एक्सोप्ल्यानेट सर्भे स्याटेलाइट अवलोकन मोन्ट्रियल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले ‘सुपर–अर्थ’ पत्ता लगाएको घोषणा गरेका हुन । एक प्रेस विज्ञप्ति निकाल्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले थप अनुसन्धान गरी यो ग्रह ‘वाटर वल्ड’ हुनसक्ने रोचक सम्भावनाबारे बताएका छन् ।
नासाका अनुसार यो ग्रह हाम्रो पृथ्वी भन्दा करिब पाँच गुणा ठुलो छ । यद्यपि यो ग्रहमा हाइड्रोजन र हिलियमको वातावरण भएको चट्टानी ग्रह पनि हुनसक्ने अनुमान नासाको छ । यसबाहेक, द एस्ट्रोनोमिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, मोन्ट्रियल विश्वविद्यालयका पीएचडी विद्यार्थी चार्ल्स क्याडियोक्सले भनेका छन् ‘टीओआई–१४५२ बी नामक यो ग्रह हालसम्म भेटिएका ग्रहहरू मध्ये पानीका लागि सबैभन्दा उत्कृष्ट उम्मेद्ववार हो ।’
यद्यपि टीओआई–१४५२ बी ग्रहमा पानी छ कि छैन भनि यकिनका साथ भन्नका लागि वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपको प्रयोग गर्न आवश्यक छ । नासाका अनुसार जेम्स वेब टेलिस्कोपले मात्र यस ग्रहसँग सम्बन्धित सत्य तथ्य जानकारी दिन मद्दत गर्ने बताए ।





























प्रतिक्रिया