संसारमा यस्ता धेरै जीव छन्, जसको बारेमा हामीलाई थाहा पनि छैन ।
हामी हाम्रो वरपर बस्ने जिव र प्राणीहरुका बारेमा मात्र थाहा हुन्छ । तर कहिलेकाहीँ यस्ता सुन्दर प्राणी पनि हाम्रो आँखा अगाडि आउँछन्, जसलाई हामी हेरिरहन्छौँ । यस्तो अवस्थामा हामी फेरी प्रकृतिको रहस्यमा हराउँछौं । प्रकृतिको सबैभन्दा सुन्दर सृष्टिहरू मध्ये मन्डेरियन डक पनि एक हुन् । यिनीहरुको पनि धेरै प्रजातिहरु हन्छन् तर एउटा यस्तो बिशेष प्रजाति छ, जसलाई देखेपछि प्रकृतिले फुर्सदमा बनाएको हो कि भनि सोच्न बाध्य बनाइदिन्छ ।

यी हाँसहरूलाई मन्डेरियन डक्स भनिन्छ । यी हाँसहरु प्रायः चीन र जापानमा पाइन्छ । यी चरा धेरै दुर्लभ भएकाले संसारका कमै मानिसहरूलाई यी प्रजातिका बारेमा जानकारी छ । मन्डेरियन डकलाई संसारको सबैभन्दा सुन्दर हाँस मानिन्छ । किनभने तिनीहरूको सौन्दर्य फरक छ । प्रकृतीले यी प्रजातीका हाँसलाई क्यानभासजस्तै विभिन्न रङका विभिन्न छायाले सजाइएको छ ।
मन्डेरियन हाँसहरू साना पोखरी, तालहरूमा बस्न मन पराउँछन् । चाखलाग्दो कुरा, तिनीहरूका पखेटाहरू यति बलियो हुन्छन् कि तिनीहरू उड्न पनि सक्छन् । मन्डेरियन हाँसको अर्को विशेषता भनेको तिनीहरूको प्वाँख हो, जसले तिनीहरूलाई उड्नका लागि मद्दत गर्नुका साथै धेरै सुन्दर पनि बनाउछ ।
जीवनमा एउटी पोठीसँग मात्र सम्बन्ध
_Franconville_01.jpg)
मन्डेरियन डकको ठूलो विशेषता भनेको यो हो चराले आफ्नो जिवनमा एउटा पोथी हाँससँग मात्र सम्बन्ध राख्छ । यही कारणले गर्दा चीन र जापान जस्ता देशहरूमा यी हाँसका प्रजातीलाई प्रेम र वफादारीको प्रतीक मानिन्छ ।





























प्रतिक्रिया