भारतीय धनाढ्य गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन्। १३७.४ बिलियन डलर (करिब ११ लाख करोड रुपैयाँ)को सम्पत्तिका साथ फ्रान्सका बर्नार्ड अर्नल्टलाई पार्दै अडानी विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एक एसियाली प्रवेश गरेको यो पहिलो पटक हो।
एक वर्ष पहिले अप्रिल २०२१ मा अडानीको कुल सम्पत्ति ५७ बिलियन डलर थियो। आर्थिक वर्ष २०२१/२०२२ मा अडानीको कुल सम्पत्ति विश्वमा सबैभन्दा छिटो बढ्यो। अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०.९ बिलियन डलर थपेका छन्। यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । उनले पहिलो पटक रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई फेब्रुअरीमा सबैभन्दा धनी एशियालीको रूपमा उछिनेका थिए।
अडानी समूहका सात सार्वजनिक सूचीकृत कम्पनी छन्। ६० वर्षीय अडानीले पछिल्लो समय डेटा सेन्टरदेखि भारतीय सिमेन्ट बजारमा आक्रामक लगानी गरिरहेका छन्।





























प्रतिक्रिया