सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा साउदीकी एक महिलालाई ४५ वर्ष जेल

सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा साउदीकी एक महिलालाई ४५ वर्ष जेल

केन्द्रबिन्दु
0
Shares

साउदीको एक अदालतले नोरा बिन्त सइद अल खतानी नामक एक महिलालाई सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । यो एक महिनामा दोस्रो केस हो, जसका कारण साउदी अरेबिया प्रश्नको घेरामा छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नोराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन। 

अदालतका कागजातका अनुसार नोरामाथि सामाजिक सञ्जाल प्रयोग गरेको आरोप छ । मानवअधिकार संगठनहरूले सोध्दा साउदी अधिकारीहरूले विस्तृत विवरण दिएनन्। नोरालाई आतंकवाद र साइबर अपराध कानून अन्तर्गत सजाय सुनाइएको हो । 

सामान्यतः राजनीतिक र राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलाहरू सम्बोधन गर्ने अदालतले नोराको सजाय विरुद्धको अपिलको सुनुवाइका क्रममा उक्त सजाय सुनाएको हो। उनीमाथि एकता र सामाजिक संरचनामा चोट पुर्‍याएको आरोप लगाइएको छ। तर, नोराले अनलाइनमा के पोष्ट गरेकी हुन् भन्ने खुलाइएको छैन ।

Logo