जापानमा शक्तिशाली आधी हिन्नामनोरको चेतावनी

जापानमा शक्तिशाली आधी हिन्नामनोरको चेतावनी

केन्द्रबिन्दु
0
Shares

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जापानको दक्षिणी प्रान्तमा तीव्र हावा र उच्च छालहरूको चेतावनी दिएको छ ।

सोहि कारण जापानको ओकिनावा प्रान्तमा रहेका तीनवटा नगरपालिकाको सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । 
शनिबार साँझ आँधीले ओकिनावा प्रान्तको मियाकोजिमा र इसिगाकीका ३ हजारभन्दा बढी घरहरूमा बिजुली अवरुद्ध भएको समाचार एजेन्सी सिन्ह्वाले जानकारी थिएको थियो । हावाहुरीका कारण नाहाकीमा एक महिला सामान्य घाइते भएकी छन् ।

मियाकोजिमा, इसिगाकी र टेकटोमीका तीन ओकिनावा प्रिफेक्चर नगरपालिकाहरूले शनिबार सबै बासिन्दाहरूलाई आफु बसेको ठाँउ खाली गर्न आदेश जारी गरेका हुन । जेएमएका अनुसार शनिबार साँझ ६ बजेसम्म हिनामानोर इसिगाकी टापुबाट १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ सरेको थियो । 

जेएमएले सोमबारदेखि जापानमा पहिरो र बाढीको चेतावनीका साथै मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ । जेएमएका अनुसार यो आँधी आइतबारदेखि सोमबारसम्म उत्तरतर्फ पूर्वी चीन सागरमा सर्ने र मंगलबार देशको दक्षिण पश्चिममा रहेको क्युसु क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । चीनले शनिबार बाढी र आँधी नियन्त्रणको लागि आफ्नो आपतकालीन प्रतिक्रियालाई तेस्रो स्तरमा लगेको छ । 

Logo