हालै पोल्याण्डको एउटा गाउँमा ‘महिला भ्याम्पायर’को कंकाल फेला परेको छ ।
चिहानबाट प्राप्त त्यो लाश पुन पिशाच बनेर फर्कन नसक्ने गरी घाँटीमा हँसिया राखिएको थियो । त्यो कंकालको खुट्टामा ताला पनि लगाइएको थियो । यो कंकाल पोल्याण्ड पिएन गाउँको १७ औं शताब्दीको चिहानमा फेला परेको हो । अनुसन्धानकर्ताहरूले कंकालकोे टाउकामा रेशमको टोपी रहेको पत्ता लगाएका छन् ।
जसले उनको सामाजिक हैसियत राम्रो रहेको संकेत गर्छ । अनुसन्धानकर्ताहरूले चिहान खन्दा त्यो लाशको दाँत निस्केको थियो ।
निकोलस कोपर्निकस विश्वविद्यालयका प्रोफेसर डारियस पोलिन्स्कीका अनुसार ‘यो असामान्य रूपमा गाडिएको थियो । ‘मृतकलाई जिउँदै फर्किन नदिन टाउको, खुट्टा काट्ने, जलाउने वा ढुङ्गाले भाँच्ने काम गरिन्थ्यो । तर यो शवलाई जसरी गाडिएको छ त्यो निकै अनौठो छ । हँसिया सीधा राखिएको छैन । घाँटीको छेउमा राखिएको छ, ताकि यदि मृतक उठ्यो भने, यसको घाँटि काटियोस् वा चोट लागोस् ।’
१७ औं शताब्दीको आसपास, पूर्वी युरोपका केही भागहरूमा, मानिसहरूलाई डर थियो कि गाडिएका मानिसहरू रगत चुस्ने पिशाचको रूपमा फर्केर जीवित मानिसहरुलाई मार्न सक्छन् । उनले भने कि यस प्रकारले गाड्नु सामान्य होइन ।
युरोपका केही भागहरूमा अकालमा ज्यान गुमाएका वा आत्महत्या गरेका व्यक्तिहरूलाई पिशाच मानिन्थ्यो । उनीहरुलाई चिहानबाट फर्किन नदिन विभिन्न प्रयासहरु गरिन्थ्यो ।





























प्रतिक्रिया