हतियार किन्नका लागि पुटिन किम जोङको सम्पर्कमा

हतियार किन्नका लागि पुटिन किम जोङको सम्पर्कमा

केन्द्रबिन्दु
0
Shares

रुसको रक्षा मन्त्रालयले युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाबाट लाखौं रकेट र तोपखाना खरिद गर्ने तयारी गरिरहेको अमेरिकी गुप्तचर रिपोर्टले जनाएको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरूले रुसले भविष्यमा उत्तर कोरियाबाट थप सैन्य उपकरण पनि किन्न सक्ने विश्वास गरेका छन्। ‘न्यूयोर्क टाइम्स’ले पहिलो पटक यस गुप्तचर रिपोर्टमा आधारित समाचार प्रकाशित गरेको थियो। 

रुसले उत्तर कोरियाबाट कति हतियार किन्न चाहन्छ भन्ने बारे अमेरिकी अधिकारीले कुनै जानकारी दिएका छैनन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अगस्टमा रुसी सेनाले युक्रेनमा प्रयोगका लागि इरानबाट ड्रोन प्राप्त गरेको पुष्टि गरेपछि यो समाचार आएको हो।

Logo