सेप्टेम्बर १ का दिन फेसबुकमा पोष्ट गरिएको एक भिडियो अहिले धेरै भाइरल भइरहेको छ ।
यो भिडियो देखेर मानिसहरु छक्क परेका छन् । सबैको मनमा एउटै प्रश्न छ कि महिलाको कानमा सर्प कसरी पस्यो ? अहिलेसम्म यो प्रश्नको जवाफ कसैले पनि दिएका छैनन । यो भिडियो अहिले इन्टरनेटमा आगो जस्तै फैलिएको छ । धेरै मानिसहरु स्तब्ध भएका छन् । किनभने मानिसको कानमा सर्प पर्नु सामान्य कुरा होइन । यो भाइरल क्लिपमा एक ‘डक्टर’ महिलाको कानबाट सर्प निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।
यो भिडियो फेसबुक प्रयोगकर्ता चन्दन सिंहले १ सेप्टेम्बरका दिन सेयर गरेका थिए । उनले क्याप्सनमा लेखेका छन ‘कानमा सर्प पस्यो ।’ यो क्लिप सामाजिक सञ्जाल लगायत विभिन्न प्लेटफर्ममा शेयर भइरहेको छ । ३ दशमलव ४९ मिनेटको यो भिडियोमा डक्टरले महिलाको कानमा पसेको पहेँलो रंगको सर्पलाई निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।
डक्टरले हातमा पन्जा लगाएर सानो चिमटीको सहायताले सर्पलाई कानबाट बाहिर निकाल्न खोजिरहेका छन् । यति मात्र होइन, सर्पलाई हानी नहोस् भन्ने पनि पूरा ख्याल गरिएको छ ।
कान में साँप चला गया है
Posted by Chandan Singh on Wednesday, August 31, 2022





























प्रतिक्रिया