काठमाडौं ।
हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणको संख्याले २ करोड ३१ लाख पार गरेको छ । ती मध्ये १ करोड ५७ लाख बढी निको भएका छन् भने ८ लाख ३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
आयरल्याण्डका कृषि मन्त्री क्यालरीले प्रतिबन्धको उल्लंघनमा राजीनामा दिएका छन् । मन्त्रीले बुधबार ८० जनासँग बसेर खाना खाएका थिए । उनले आफू कार्यक्रममा गएर ठूलो गल्ती गरेको बताएका छन् । आयरल्याण्डमा २७ हजार भन्दा बढी संक्रमित भएका छन् । जसमा १ हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।
चीन : १३ दिनपछि कुनै नयाँ केस देखिएको छैन
चीनको राजधानी बेइजिङमा १३ दिनदेखि कुनै नयाँ केस देखिएको छैन । यसलाई ध्यानमा राख्दै, सरकारले यहाँ अनिवार्य मास्क स्थापनाको प्रतिबन्ध हटाइएको छ । यद्यपि अधिकांश व्यक्तिहरु मास्क लगाएर बाहिर हिडिरहेका छन् । मास्क लगाएर हिड्दा सुरक्षित महशुस हुने व्यक्तिहरुको भनाइ छ । सरकारले बेइजिङमा यस प्रतिबन्धहरुलाई हटाएको यो दोस्रो पटक होे । अप्रिलमा सुरुमा स्थानिय प्रशासनले मानिसहरलाई मास्क बिना घरबाट बाहिर निस्कन अनुमति दिएको थियो ।
ल्याटिन अमेरिकी देशहरुमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख बढी
ल्याटिन अमेरिकी देशहरु (मेक्सिको, ब्राजिल, पेरु र अर्जेन्टिना) मा मर्नेहरुको संख्याले २ लाख नाघेको छ । ब्राजिल यी चार देशहरु मध्ये ३५ लाख बढी संक्रमित सहित पहिलोे स्थानमा छ । त्यस्तै मेक्सिको ५ लाख भन्दा बढी संक्रमितका साथ दोस्रो स्थानमा छ । यसको साथसाथै पेरु र अर्जेन्टिनामा पनि नयाँ केसहरु बढिरहेका छन् । गत हप्ताबाट यी देशहरुमा प्रतिदिन करिब ३ हजार मानिसहरु मरिरहेका छन् ।
रुस : ठूलो मात्रामा खोप परीक्षण गर्ने तयारीमा
रुसले कोरोना खोपको ठूलो परीक्षणको तयारी गरिसकेको छ । यस अन्तर्गत ४० हजार भन्दा बढी मानिसहरुलाई खोप दिने तयारीमा छ । यो परीक्षण प्रकृया अर्को हप्ताबाट सुरु हुनेछ । रुसले यस खोपको २ हजार भ्याक्सिन परीक्षणको लागि मेक्सिको पठाउने निर्णय गरेको छ । यसैबीच रुसले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई खोपको बारेमा जानकारी पनि पठाएको छ । अगस्ट ११ मा रुसले स्पुतनिक खोप तयार गर्ने घोषणा गरेको थियो ।
त्यस्तै मेक्सिकोमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय बढी नयाँ केसहरु देखिएको छ । यससँगै संक्रमित संख्या ५ लाख ४३ हजार बढी पुगेको छ । यद्यपी सरकारले संक्रमित व्यक्तिको संख्या जारी गरिएको डाटा भन्दा बढी हुन सक्ने बताएको छ । मुलुकको स्वास्थ्य मन्त्रालयका अनुसार, मर्नेको संख्या ५९ हजार बढी पुगेको छ । मेक्सिको हाल मृत्युको सन्दर्भमा विश्वमा तेस्रो स्थानमा छ ।
उता इजरायलमा गत २४ घण्टामा १६३० नयाँ घटनाहरु देखिएको छ । यससँगै देशमा संक्रमितको संख्या ९९ हजार बढी पुगेको छ । अहिलेसम्म यहाँ ७ सय बढीको मृत्यु भइसकेको छ । शुक्रबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू महामारीको बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएकी थिइन् । बैठकमा फेरि देशमा लकडाउन नगर्ने निर्णय गरिएको छ । यद्यपी नागरिकहरुलाई सुरक्षा उपायको ख्याल गर्न अपील गरिएको छ । सार्वजनिक स्थानहरुमा मास्क लगाउन र सामाजिक दुरी अपनाउन आग्रह गरेका छन् ।
बेलायतः बर्मिघममा लक
बेलायत सरकारले देशको दोस्रो ठूलो सहर बर्मिघममा तालाबन्दी गर्ने घोषणा गरेको छ । संक्रमण यहाँ बढ्दो भएपछि उक्त निर्णय गरेको हो । गत हप्ताको तुलनामा १ लाख व्यक्तिको परीक्षण गर्दा संक्रमित संख्या ३० प्रतिशत भन्दा बढीले बढेको थियो । सरकारले यो संक्रमण पत्ता लगाउन सर्वेक्षण गर्ने निर्णय गरेको छ । हालसम्म बेलायतमा ३ लाख भन्दा बढी संक्रमित फेला परेका छन् भने ४१ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।





























प्रतिक्रिया