राजा चार्ल्सद्वारा बेलायतको संसद्‍मा सम्बोधन

राजा चार्ल्सद्वारा बेलायतको संसद्‍मा सम्बोधन

केन्द्रबिन्दु
0
Shares

बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि उनका छोरा राजा चार्ल्स तृतीयले सोमबार बेलायतको राजाको रूपमा पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्। सो क्रममा करिब ९ सय सांसदको उपस्थिति रहेको थियो ।

आफ्नो पहिलो सम्बोधनमा उनले ‘इतिहासको महत्व’ र ‘आफ्नी प्यारी स्वर्गीय आमा’ को बारेमा उल्लेख गरेका छन्। उनले संसद लोकतन्त्रको जीवन प्रणाली भएको बताएका छन् । 

अब ७३ वर्षीय राजा रानी कन्सोर्ट क्यामिलासँग एडिनबर्ग जानेछन् र स्वर्गीय रानीको कफिन पछाडि शाही जुलुसको नेतृत्व गर्नेछन्।

महारानी एलिजाबेथ द्वितीयको जीवनको उत्सव मनाउन विशेष सेवा पछि, कफिनलाई २४ घण्टा क्याथेड्रलमा राखिनेछ ताकि सर्वसाधारणले उनलाई श्रद्धाञ्जलि दिन सकून्। चार्ल्स तृतियले बेलायत को सबै भागहरु भ्रमण गर्नेछन्। उनले उत्तरी आयरल्याण्ड र वेल्सको पनि भ्रमण गर्नेछन् ।

Logo