रुस र युक्रेनको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा ठूलो खुलासा भएको छ । यो खुलासापछि रुसमा हंगामा मच्चिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास असफल भएको खबर सार्वजनिक भएको छ ।
घटनाको आधिकारिक पुष्टि भइसकेको छैन तर यो समाचार आएपछि राष्ट्रपतिको सुरक्षामा प्रश्न उठेको छ । यस महिना रुसले युक्रेनमा आक्रमण गरेदेखि भ्लादिमिर पुटिनको स्वास्थ्य र उनको जीवनको बारेमा धेरै अफवाहहरू फैलिइरहेका छन् ।
युरो वीकलीले पुटिनको लिमोसिन कारको अगाडिको बायाँ पाङ्ग्रामा ठूलो विस्फोट भएको जनाएको छ । पुटिन आफ्नो सरकारी निवास फर्कदै गर्दा केही किलोमिटर अगाडि सुरक्षा टोलीको पहिलो कारलाई एम्बुलेन्सले रोकेको बताइएको छ । रोकेपछि पुटिनको कारको बायाँतर्फ ठूलो आवाज सुनिएको र त्यसपछि त्यहाँबाट धुवाँ निस्केको बताइएको छ ।
पुटिनमाथि आक्रमण गर्ने व्यक्ति आत्मघाती बम आक्रमणकारी भएको आशंका गरिएको छ । यस घटनापछि पुटिनको सुरक्षा सेवाका धेरै व्यक्तिलाई पक्राउ गरिएको छ। यति मात्र होइन, पुटिनको आगमनको सूचना बाहिरिएपछि उनका धेरै अंगरक्षकलाई हटाइएको पनि उल्लेख गरिएको छ।
एक साताअघि सेन्ट पिटर्सबर्गका केही राजनीतिज्ञहरूले रुसी संसदमा पुटिनविरुद्ध देशद्रोहको मुद्दा चलाउन र पुटिनको शक्ति खोस्न आग्रह गरेका थिए। युक्रेनमा रुसी सेनालाई भएको नोक्सानी र पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमा भएको नोक्सानीलगायत यसका धेरै कारणहरू उल्लेख गरिएको थियो।





























प्रतिक्रिया