ट्विटरमा भेरिफाइड प्रयोगकर्ताले पोडकास्टहरु फरक स्पेसहरुमा उपलब्ध गर्न सक्ने

ट्विटरमा भेरिफाइड प्रयोगकर्ताले पोडकास्टहरु फरक स्पेसहरुमा उपलब्ध गर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

ट्विटरमा निलो टिकसहित भेरिफाइड भएका प्रयोगकर्ताहरुले अब पोडकास्टहरू फरक स्पेसहरुमा उपलब्ध गर्न सक्ने भएका छन् । यो सुविधा अहिले आईओएस प्रयोगकर्ताहरुकोमा मात्रै रहेको छ भने एन्ड्रोइड प्रयोगकर्ताहरुको मा छिटै आउँदैछ । 

जसमा ट्विटर स्पेस ल्याबभित्र पोडकास्ट, थीम गरिएका अडियो र लाईभ सँगै रेर्कडका स्पेसहरु रहेका छन् । 

यसैबिचमा टिवट् सम्पादनको (एडिट) सुविधाको लागि पनि परिक्षण भइरहेको छ । ट्विट गरेको १ मिनेटसम्म आफ्नो ट्विट सम्पादन गर्न सकिन्छ । यद्यपी प्रयोगकर्ताहरुले यो अवधी भित्र पाँच पटक मात्रै ट्विट सम्पादन गर्न सक्छन् । अनुसन्धानकै क्रममा रहेको हुनाले हाल ट्विटरले ट्विट प्रयोगकर्ताहरुको क्रियाकलापलाई अवलोकन गरिरहेको छ । जसले गर्दा सम्पादनको समयसिमा अनुमोदित पनि हुन सक्छ । 

Logo