पुरातत्वविद्हरूले इजरायलमा पुरातन समयमा खेलिने खेलसँग सम्बन्धित हड्डीहरू फेला पारेका छन् ।
पुरातन समयमा खेल खेल्न हड्डीहरूको प्रयोग गरिन्थ्यो । इजरायलको शेफेलामा रहेको मारेशा–बेट गुवरिन राष्ट्रिय निकुञ्जमा पुरातत्वविद्हरूले यो खोज गरेका हुन् । यसलाई एस्ट्रेगलोई भनेर चिनिन्छ । एस्ट्रैगलोमेंसीको खेल ग्रीक र रोमीहरूबीच प्रसिद्ध थियो । यो खेललाई भविष्यवाणीको खेल भनिन्थ्यो । यो खेलमा भेडा, बाख्राको हड्डीबाट पासा बनाइन्छ ।
यसअघि सिसा र काठका पासा पनि भेटिएका थिए । एस्ट्रैगलोमेंसीको सन्दर्भमा मानिसहरूमा विश्वास थियो कि यो पासा मार्फत देवताहरू उनीहरूसँग कुरा गर्न सकिन्छ । त्यसैले मानिसहरू खेल पश्चात पुजारीकहाँ गएर सोध्ने गर्थे । डा. इयान स्टर्नको नेतृत्वमा हाइफा विश्वविद्यालयका अन्वेषकहरूले मारेशा–बेट गुवरिन राष्ट्रिय निकुञ्जमा उत्खनन गर्दा हेलेनिस्टिक कालको एस्ट्राग्लोइको संग्रह फेला पारेका हुन् । यी हड्डिका टुक्राहरू लगभग २३ सय वर्ष पुरानो मानिएको छ ।
यी हड्डिका टुक्राहरूलाई ग्रीक देव र देवीहरूको नाम दिइन्छ । जस्तै, एफ्रोडाइट=प्रेम र सौन्दर्यकी देवी, हर्मेस=देवताहरूको दूत, हेरा=विवाहकी देवी र विजयको पखेटा देवी वा नाइके भनिन्छ ।
हाइफा युनिभर्सिटीका रिसर्चर डा. ली पेरी–गालेका अनुसार मरेशामा पाइने एस्ट्रागालोई संख्यामा बढी छ । साथै, ती हड्डीको गुणस्तर पनि धेरै राम्रो छ । यो हड्डीमा कोरिएको चित्रका आधारमा हामी संकटमा परेका मानिसहरूले मन्त्रका माध्यमबाट बाहिरी संसारसँग सहयोग मागेको देख्छौं ।





























प्रतिक्रिया