इजिप्टलाई रहस्यमय खुलासाहरूको देश भनिन्छ ।
इजिप्टको भूमि भित्र यस्ता रहस्य लुकेका छन, जसले मानिसलाई छक्क पार्ने गर्छ । यसै सिलसिलामा इजिप्टमा भएका चिहानहरूको रहस्य पत्ता लगाउने प्रक्रिया आज पनि जारी छ । इजिप्टमा अझै दर्जनौं ठाउँहरू उत्खनन गर्न बाँकी छ ।

उत्खननकै क्रममा यसपटक इजिप्टको नील नदी किनारमा रहेको मन्दिरको पछाडि इस्लामिक युगका सुन र चाँदीका सिक्का भेटिएका छन् । इजिप्टका पुरातत्वविद्हरूले मन्दिरको पछाडि झण्डै १ हजार वर्ष पुरानो सुन र चाँदीका सिक्का फेला पारेका छन् । इजिप्टको सर्वोच्च पुरातत्व परिषद्का अनुसन्धानकर्ताहरूको टोलीले हालसम्म इजिप्टका विभिन्न ठाँउहरुमा सिक्काहरू भेटाएका छन् ।
रिपोर्टका अनुसार इस्लाम धर्म ६१० ईस्वीमा सुरु भएको थियो । पैगम्बर मुहम्मदले इस्लामको स्थापना गरेपछि इस्लामिक युगको सुरुवाट भएको थियो । रिपोर्टका अनुसार फेला परेका सुन र चाँदीका सिक्काहरू इस्लामिक युगका हुन् । चाँदीका सिक्काहरूमा इस्लामिक युगका कलाकृतिहरू कोरिएका छन् ।































प्रतिक्रिया