चार आँखा र दुई मुख भएको कार्प माछा..(भिडियोसहित)

चार आँखा र दुई मुख भएको कार्प माछा..(भिडियोसहित)


एक अनौठो दुई आखाँ र दुई मुख भएको कार्प माछाको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

भिडियो हेरेर ट्विटर प्रयोगकर्ताहरूले सोभियत संघको युगमा चेर्नोबिल आणविक प्लान्ट पड्किएर व्युत्पन्न (म्युटेड) माछा भनेका छन् । किनभने चेर्नोबिल नजिकैको तालमा यो माछा मरेको भेटिएको थियो । भिडियो हेरेर वैज्ञानिकहरुले यो माछा कुनै प्रदुषणका कारण यस्तो भएको हो वा होइन भन्ने प्रष्ट भन्न सकेका छैनन् । वैज्ञानिकहरुका अनुसार यस्तो कुरा थाहा पाउन परीक्षण गर्नुपर्ने बताउछन् । 

कार्प माछाको दुईवटा अनुहार, आखाँ र मुख भएता पनि पूर्ण रूपमा स्वस्थ र विकसित देखिन्छ । यस्तो अवस्थामा विज्ञहरुले यस्तो हुनुको कारण प्रदुषण नभएको मानिरहेका छन । किनभने यस्तो माछा पहिले नै मरिसकेको हुन्थ्यो ।

अमेरिकाको युनिभर्सिटी अफ साउथ क्यारोलिनाका जीवविज्ञानी डा. टिमोथी मुसो भन्छन्, ‘अधिकांश विकिरण–प्रेरित उत्परिवर्तनले कुनै पनि प्राणीको वृद्धिलाई रोक्छ । यसले बाँच्ने र प्रजनन गर्ने क्षमतालाई पनि कमी ल्याउछ ।

 

Logo