बंगालमा तीन व्यक्ति पक्राउ

बंगालमा तीन व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

पश्चिम बंगाल । भारतको पश्चिम बंगालमा १ सय ५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन् । पश्चिम बंगालको दक्षिण २४ पाग्रानस जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

प्रहरीको टोलीले बुधबार राति गस्तीमा रहेकै बेला उनीहरुलाई नौ लाख भारतीय रुपैयाँ बराबरको गाँजा सहित पक्राउ गरेको थियो । प्रहरीले गाँजा तस्करीका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । भारतको कानुनमा गाँजा ओसारपसार र बेचविखन बर्जित छ ।–रासस/पिटिआई

Logo